यु-१९ राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेश फाइनलमा

Posted on: 01 Dec, 2021

मसिर १५, काठमाडौं | प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो । 

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा दुई छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले एक विकेट लिएका थिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले लुम्बिनीसामु १६८ रनको योगफल खडा पारेको थियो । प्रदेश २ का लागि सन्तोषले ९२ बलमा सर्वाधिक ८२ रन बनाए । गुल्सन झाले ३२ र आदिल अन्सारीले २२ रनको योगदान गरे । 

लुम्बिनीका वासिर ऐमदले सर्वाधिक पाँच विकेट तथा विशालविक्रम शाहीले तीन र राहुल चौधरीले दुई विकेट लिए । ६ खेलमा १० अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ भने प्रदेश २ चार अंकसहित छैटौं स्थानमा छ । 

अर्काे फाइनल पुग्ने टोलीको भने टुंगो लागेको छैन । फाइनल पुग्न प्रदेश एक र सुदूरपश्चिम प्रदेशको सम्भावना जीवितै छ । अब, अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशको सामना गर्दा सुदूरपश्चिमले बाग्मती प्रदेशको प्रतिस्पर्धा गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!