प्रज्वल पाैडेल । पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल । पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने मा"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना हकको धारा २७ परिमार्जन गर्नुपर्छ: बास्काेटा

२०७३, २९ पुष शुक्रबार १२:२२


प्रज्वल पाैडेल/पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने माग अाफूले दलहरूसँग गरेकाे बताउनुभयाे ।

जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबार अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले नागरिकले सूचना पाउनु माैलिक हक अन्तरगत पर्ने भएकाले संविधान संशोधन गर्दा सूचना हकको धारा २७ त्रुटिपूर्ण र अपुरो रहेकाले त्यसमा परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।

बाँस्कोटाले भन्नुभयाे -"सरकारी जागिरमा प्रवेश गर्दा नै गोपनीयता कायम गर्छु भनेर सपथ खानुपर्ने प्रावधन छ यसले नकारात्मक हुन बल पुग्याे ।"

उहाँले सूचनाको हकमा नागरिकको अग्रसरता बढ्दै गए पनि सहजै सूचना उपलब्ध गराउने परम्पराको थालनी अझै हुन नसकेकाले यसतर्फ लाग्न सबैलाई अाग्रह गर्नुभयाे । आयुक्त बाँस्कोटाले आयोगले कारबाही गरेका व्यक्तिलाई सरकारले कुनै पनि सम्मान गर्न नहुने धारणा राख्दै भन्नुभयाे-"गलत कार्य गर्ने व्यक्ति सुचनादिन डराउनुपर्छ,यथार्थ सार्वजनिक गर्दा दाेषी भइन्न ।"

कार्यक्रममा प्रमुख आयुक्त बास्कोटाले रामेछापका प्रजिअलाई राष्ट्रिय सूचना आयोगको लोगो अङ्कित स्टिकर प्रदान गरेर जिल्लाको सूचना आयुक्तको जिम्मेवारी दिनुभयो भने सुचना लिने व्यक्तिको रूपमा नागरिकको तर्फवाट पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुगेललाई लाेगाे लगाईदिनुभयाे ।

यस्तै कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले  सूचनाको हक स्थापित गराउन अबको दिनमा जिल्लाका सरकारी कार्यालय प्रतिबद्ध हुने बताउनुभयाे । उहाँले सूचनाको हकमा उल्लेख भए अनुसार प्रत्येक कार्यालयले गरेको कार्य सम्पादनको विवरण प्रत्यक ३/३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता समेत जनाउनुभयाे । अधिकारीले सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था र तोकिएको समयसिमा भित्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा पत्रकारहरूले जिल्ला अझैपनि सूचना माग गर्दा पाउन नसकेको धारणा राखेका थिए । बाँस्कोटाले रामेछापमा अाजबाटै विद्युतीय नागरिक वडापत्रकाे शुभारम्भ र एकीकृत नागरिक वडापत्रकाे सार्वजनिक गर्नुभयाे । कार्यक्रममा जिल्लास्थित राजनीति दलका प्रमुख नेता,सरकारी कार्यालयका सूचना अधिकारी,सुरक्षा निकायका प्रमुख,पत्रकार लगाएतकाे उपस्थिती रहेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा