२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिपसिकको उदयले एआई लगानीकर्तालाई एक दिनमै १४८ खर्ब बढी घाटा

२०८१, १६ माघ बुधबार १६:४५

काठमाडौँ | जेन्सन हुआङको नेतृत्वमा रहेका विश्वका ५०० धनी व्यक्तिहरूले एकैदिन १०८ अर्ब डलर (करिब १४८ खर्ब ८८ अर्ब रुपैयाँ) गुमाएका छन् । चिनियाँ एआई विकासकर्ता डिपसिकका कारण प्राविधिक क्षेत्रमा आएको मन्दीले सोमबार धनाढ्यहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको हो ।

फोर्ब्सका अनुसार एनभिदिया कर्पका सह-संस्थापक जेन्सन हुआङको सम्पत्ति एकै दिन २०.८ अर्ब डलरले घटेको छ । यो उनको कूल सम्पत्तिको लगभग २० प्रतिशत हो । त्यस्तै, ओराकल कर्पका सह-संस्थापक ल्यारी एलिसनले २७.६ अर्ब डलर गुमाएका छन् । यो उनको कूल सम्पत्तिको १२ प्रतिशत हो ।

डेल इंकका माइकल डेलको सम्पत्ति १२.५ अर्ब डलरले घटेको छ । त्यस्तै बाइनान्स होल्डिङ्स लिमिटेडका सह-संस्थापक चाङपेङ झाओले १२.१ अर्ब डलर गुमाएका छन् ।

प्राविधिक क्षेत्रका दिग्गजहरूले सामूहिक रूपमा ९४ अर्ब डलर गुमाएका छन्, जुन ब्लुमबर्ग इन्डेक्सको कुल गिरावटको लगभग ८५ प्रतिशत हो । यसैबीच नास्डाक कम्पोजिट इन्डेक्स ३.१ प्रतिशत र एसएन्डपी ५०० (S&P 500) १.५ प्रतिशतले घटेको छ ।

सन् २०२३ देखि नै एआई मोडल विकास गरिरहेको चीनको हाङझाउस्थित डिपसिक कम्पनी धेरै पश्चिमेली लगानीकर्ताहरूको नजरमा यसै साता मात्र आएको हो । डिपसिकको नि:शुल्क च्याटबट एप डिपसिक आरवन विश्वव्यापी रूपमा डाउनलोड चार्टको शीर्ष स्थानमा पुगेको थियो । धेरै नयाँ प्रयोगकर्ताहरू एकैपटक एपमा जोडिएपछि डिपसिकले एपलाई अनलाइन राख्न सङ्घर्ष गर्नुपर्यो । यसका कारण एपले चिनियाँ फोन नम्बर भएका प्रयोगकर्ताहरूलाई मात्र साइन अप गर्न दिने नियम बनाउनुपरेको थियो ।

डिपसिकले ५६ लाख डलरको लागतमा एआई मोडल विकास गरेको बताएको छ । यसले सिलिकन भ्यालीको ठूलो लगानीबिना बलियो मोडल विकास गर्न सकिँदैन भन्ने धारणालाई चुनौती दिएको छ ।

ओपनएआईले सन् २०२२ को नोभेम्बरमा च्याटजीपीटी सार्वजनिक गरेपछि मेटा इंक, अल्फाबेट इंक र माइक्रोसफ्ट कर्प जस्ता एआई हाइपरस्केलरको मूल्याङ्कन बढेको थियो । जसले गर्दा उनीहरूका मालिकहरूले अर्बौं डलर कमाएका थिए । यी कम्पनीहरूले ठूलो मात्रामा सेमिकन्डक्टर र ऊर्जा आपूर्तिमा लगानी गरेर एआई प्रणाली विकास र सञ्चालन गर्दै आएका छन् ।

एआईको चर्चाले सबैभन्दा बढी फाइदा चिप निर्माता कम्पनी एनभिदियालाई भएको थियो । ​हुआङको सम्पत्ति सन् २०२३ को सुरुवातदेखि हालसम्ममा लगभग आठ गुणाले बढेर १२१ अर्ब डलर पुगेको थियो । जुकरबर्गको सम्पत्ति ३८५ प्रतिशतले बढेर २२९ अर्ब डलर र अमेजन डटकमका जेफ बेजोसको सम्पत्ति १३३ प्रतिशतले बढेर २५४ अर्ब डलर पुगेको थियो ।

हुआङ र एलिसनले ठूलो नोक्सानी बेहोरे पनि अन्य ठूला अर्बपतिहरूको सम्पत्ति भने जोगिएको छ । जुकरबर्गको सम्पत्ति दिनको अन्त्यमा ४.३ अर्ब डलरले बढेको छ भने बेजोसको सम्पत्ति ६३ करोड २० लाख डलरले बढेको छ ।

डिपसिकले च्याटजीपीटी र एन्थ्रोपिकको क्लाउडलाई चुनौती दिने किसिमको मोडल एकदमै कम लागतमा विकास गरेपछि लगानीकर्ताहरूले सिलिकन भ्यालीको ठूलो लगानी गर्ने कुरामाथि प्रश्न उठाएका छन् ।

डिपसिकले ठूलो लगानी र उच्च प्रविधियुक्त चिप्समा निर्भर नरहनुको मुख्य कारण अमेरिकी सरकारले उन्नत चिप्सको निर्यातमा कडा नियन्त्रण लगाएपछि चिनियाँ कम्पनीहरूले शक्तिशाली जीपीयूहरूमा पहुँच पाउन नसक्नु हो । स्केल एआईका सीईओ अलेक्जेन्डर वाङले सीएनबीसीलाई बताएअनुसार निर्यात नियन्त्रणका बावजुद डिपसिक र अन्य चिनियाँ विकासकर्ताहरूसँग सिलिकन भ्यालीले सोचेभन्दा धेरै जीपीयूहरू हुन सक्छन् ।

वाङले एनभिदियाको उच्च प्रविधियुक्त एआई चिप एच१०० लाई उल्लेख गर्दै भने, “चिनियाँ प्रयोगशालासँग मानिसहरूले सोचेभन्दा धेरै एच१०० हरू छन् । मेरो बुझाइमा डिपसिकसँग लगभग ५० हजार एच१०० चिप छन्, जुन उनीहरूले बताउन सक्दैनन् । किनभने यो अमेरिकाले लगाएको निर्यात नियन्त्रणको विरुद्धमा छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ