२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब फेसबुकमा समाचार पढ्दा पैसा तिर्नुपर्ने

२०७४, ८ श्रावण आईतवार १२:४४

साउन ८, काठमाडौं । अब फेसबुकमा समाचार पढ्दा पनि पैसा तिर्नुपर्ने भएको छ ।

अहिलेसम्म फेसबुकमा सेयर भएका समाचारहरु पढ्दा कुनै शुल्क लाग्दैनथ्यो । फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको अमेरिकी मिडियाहरुले जनाएका छन् । 

यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ ।

समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनासोपछि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो । समाचार फेसबुकमा सित्तैमा शेयर हुँदा उनीहरुको आम्दानीमा भारी नोक्सान भइरहेको भन्दै मिडिया समूहहरुले गुनासो गरेपछि फेसबुकले उनीहरुको गुनासो सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागेको हो । द स्ट्रीट पत्रिकाका अनुसार फेसबुक एक पे वाल अर्थात् सशुल्क वालका बारेमा काम गरिरहेको छ ।

त्यसको मद्दतले अब जो सँग फेसबुकको सम्झौता हुन्छ उ मात्रैले त्यहाँ केही पोष्ट गर्न पाउनेछ । यो सर्भिस दुई वर्ष पहिले गुगलको एएमपीलाई टक्कर दिनका लागि सुरु गरिएको थियो । एएमी सर्भिस निश्चित मिडिया समूहका समाचारहरु मोबाइल ब्राउजिङका लागि अप्टिमाइज गर्ने गुगलको एक सर्भिस हो ।

फेसबुकको न्यूज पार्टनरसिपका प्रमुख क्याम्पबेल ब्राउनले भनेका छन्, ‘प्रकाशकहरुको यो समस्याप्रति फेसबुकले काम गरिरहेको छ ।’ तर ठ्याक्कै के काम गरिरहेको भन्ने चाहीँ उनले खुलाएनन् ।

मिडिया रिपोर्ट अनुसार आगामी अक्टोबरमा फेसबुकले यो फिचरको परीक्षण सुरु गर्नेछ । जस अनुसार फेसबुकमा सित्तैमा पढ्न पाइने स्टोरेजको संख्या १० सम्ममा सीमित गरिनेछ । 

१० भन्दा धेरै न्यूज स्टोरिज पढ्ने खोज्ने पाठकलाई फेसबुकले सम्बन्धित प्रकाशकको होमपेजमा पठाउनेछ र त्यहाँ पाठकले पढ्न चाहेको आलेख वा समाचार सब्सक्राइब गर्नुपर्नेछ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह