९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब फेसबुकमा समाचार पढ्दा पैसा तिर्नुपर्ने

८ श्रावण २०७४, आईतवार १२:४४

साउन ८, काठमाडौं । अब फेसबुकमा समाचार पढ्दा पनि पैसा तिर्नुपर्ने भएको छ ।

अहिलेसम्म फेसबुकमा सेयर भएका समाचारहरु पढ्दा कुनै शुल्क लाग्दैनथ्यो । फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको अमेरिकी मिडियाहरुले जनाएका छन् । 

यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ ।

समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनासोपछि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो । समाचार फेसबुकमा सित्तैमा शेयर हुँदा उनीहरुको आम्दानीमा भारी नोक्सान भइरहेको भन्दै मिडिया समूहहरुले गुनासो गरेपछि फेसबुकले उनीहरुको गुनासो सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागेको हो । द स्ट्रीट पत्रिकाका अनुसार फेसबुक एक पे वाल अर्थात् सशुल्क वालका बारेमा काम गरिरहेको छ ।

त्यसको मद्दतले अब जो सँग फेसबुकको सम्झौता हुन्छ उ मात्रैले त्यहाँ केही पोष्ट गर्न पाउनेछ । यो सर्भिस दुई वर्ष पहिले गुगलको एएमपीलाई टक्कर दिनका लागि सुरु गरिएको थियो । एएमी सर्भिस निश्चित मिडिया समूहका समाचारहरु मोबाइल ब्राउजिङका लागि अप्टिमाइज गर्ने गुगलको एक सर्भिस हो ।

फेसबुकको न्यूज पार्टनरसिपका प्रमुख क्याम्पबेल ब्राउनले भनेका छन्, ‘प्रकाशकहरुको यो समस्याप्रति फेसबुकले काम गरिरहेको छ ।’ तर ठ्याक्कै के काम गरिरहेको भन्ने चाहीँ उनले खुलाएनन् ।

मिडिया रिपोर्ट अनुसार आगामी अक्टोबरमा फेसबुकले यो फिचरको परीक्षण सुरु गर्नेछ । जस अनुसार फेसबुकमा सित्तैमा पढ्न पाइने स्टोरेजको संख्या १० सम्ममा सीमित गरिनेछ । 

१० भन्दा धेरै न्यूज स्टोरिज पढ्ने खोज्ने पाठकलाई फेसबुकले सम्बन्धित प्रकाशकको होमपेजमा पठाउनेछ र त्यहाँ पाठकले पढ्न चाहेको आलेख वा समाचार सब्सक्राइब गर्नुपर्नेछ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता