साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भई"/>

2026-09-19 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलको फोरजी सेवा अब १७ शहरमा, ३० दिनसम्म गीतहरु सुन्न तथा डाउनलोड गर्न निःशुल्क

साउन १७, काठमाडौं | मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) को सेवा थप १० शहरमा विस्तार गरेको छ । यस अघिनै एनसेलको यो सेवा ७ सहरहरुमा बिस्तार भईसकेका छन् । 

एनसेलले आजैदेखि विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा फोरजी सेवा सुरु गरेको हो । एनसेलले फोरजी सेवा सुरु गरेपछि अब सेवाग्राहीहरुले आजै देखि पछिल्लो पुस्ताको द्रुत गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् । 

फोरजी सुचारू गर्न ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो कि होइन भन्ने बारेमा जानकारी लिन सक्ने एनसेलले जनाएको छ । तोकिएका सहरमा फोरजी सेवा सुचारु नभएमा सेवाग्राहीहरुले आफुलाई पायक पर्ने एनसेल सेन्टरमा गई यो सेवा सुचारु गर्न वा नचल्ने सिमनै साट्न सक्ने एनसेलले बताएको छ । यसअघि एनसेलले फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोटसहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध गराएको थियो । 

त्यस्तै फोरजी सेवा चलाउने ग्राहकले *324# डायल गरी ३० दिनसम्म योण्डर म्युजिक एपमा निःशुल्क गीत अनलाइन सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई