२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो आयो भिडियो देखाएर पैसा कमाउने फेसबुकको नयाँ फिचर

२०७४, ३० श्रावण सोमबार ०४:१३


काठमाडौं । फेसबुक प्रयोगकर्ताहरुले चाँडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ हेर्न र आफैँ चलाउन पाउने भएका छन् ।

मोबाइल र डेस्कटप दुबै भर्सनमा उपलब्ध हुने यस फिचरलाई अमेरिकामा रहेका केहि प्रयोगकर्ताहरुमाझ बिहीबार बेलुकाबाट परिक्षणको रुपमा सार्वजनिक गरिने फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । 

परम्परागत टेलिभिजन, युट्युब च्यानल, नेटफिक्स लगायत अन्य अनलाइन टेलिभिजन-शोलाई प्रतिस्पर्धा गर्ने उद्धेश्यले प्रयोगकर्तामाझ फेसबुकले यस्तो फिचर सार्वजनिक गर्न लागेको हो ।

ब्यक्तिगत रुपमा उपलब्ध गराइने नयाँ फिचरमा प्रयोगकर्ताहरुले विभिन्न ‘रेर्कडेट’ तथा प्रत्यक्ष टेलिभिजन कार्यक्रमहरुसमेत हेर्नसकिने छन् । साथै, प्रयोगकर्ताहरुले भिडियो तथा रोचक कार्यक्रमहरु निर्माण गरी प्रत्यक्ष तथा रेर्कड गरी अरुलाई देखाउन सकिने छ । 

यसवापत तपाँईले पैसासमेत कमाउन सक्नुहुनेछ । आफ्नो भिडियो कार्यक्रम अरुले हेरेवापत विज्ञापनबाट कमाइ हुने रकममध्ये ४५ प्रतिशत फेसबुक आँफैले राख्नेछ भने ५५ प्रतिशत प्रयोगकर्ताले पाउने छन् ।

यस फिचरमा आफ्ना शाथीभाईले कस्तो भिडियो हेरिरहेको छन् ? आफ्नो सर्कलमा कुन भिडियो तथा कार्यक्रम 'ट्रेन्डिङ'मा छ सबै हेर्न सकिने छ । जसबाट थप नयाँ कार्यक्रमहरुबारे थाहा पाउन सकिने छ ।

प्रयोगकर्ताहरुले भिडियोबारे दर्शकको प्रतिकृयाहरु हेर्न सक्नेछन् । साथै, विभिन्न शाथीभाईसँग समुह बनाई निश्चित कार्यक्रमहरुको लक्षित दर्शक समुहको निर्माणसमेत गर्न सक्नेछन् ।

फेसबुक संस्थापक मार्क जकरबर्गले उक्त नयाँ फिचरमा कुनैपनि कार्यक्रम निस्क्रिय रुपमा मात्रै हेर्नुनपर्ने बताए । उनले भने, ‘एउटै विषयमा रुचि भएका मानिसहरुलाई एक ठाउँ ल्याउन सकिन्छ र त्यो अनुभव साट्ने मौका पनि बन्न सक्छ ।’

फेसबुकमा गतवर्ष देखि ‘भिडिओ ट्याब’ उपलब्ध छ तर त्यो अहिलेसम्म सिकारुहरुले खिचेका भिडियो फूटेज वा समाचार संस्थाले राख्ने स–साना अंशमा मात्र सीमित रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना