२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो आयो भिडियो देखाएर पैसा कमाउने फेसबुकको नयाँ फिचर

३० श्रावण २०७४, सोमबार ०४:१३


काठमाडौं । फेसबुक प्रयोगकर्ताहरुले चाँडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ हेर्न र आफैँ चलाउन पाउने भएका छन् ।

मोबाइल र डेस्कटप दुबै भर्सनमा उपलब्ध हुने यस फिचरलाई अमेरिकामा रहेका केहि प्रयोगकर्ताहरुमाझ बिहीबार बेलुकाबाट परिक्षणको रुपमा सार्वजनिक गरिने फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । 

परम्परागत टेलिभिजन, युट्युब च्यानल, नेटफिक्स लगायत अन्य अनलाइन टेलिभिजन-शोलाई प्रतिस्पर्धा गर्ने उद्धेश्यले प्रयोगकर्तामाझ फेसबुकले यस्तो फिचर सार्वजनिक गर्न लागेको हो ।

ब्यक्तिगत रुपमा उपलब्ध गराइने नयाँ फिचरमा प्रयोगकर्ताहरुले विभिन्न ‘रेर्कडेट’ तथा प्रत्यक्ष टेलिभिजन कार्यक्रमहरुसमेत हेर्नसकिने छन् । साथै, प्रयोगकर्ताहरुले भिडियो तथा रोचक कार्यक्रमहरु निर्माण गरी प्रत्यक्ष तथा रेर्कड गरी अरुलाई देखाउन सकिने छ । 

यसवापत तपाँईले पैसासमेत कमाउन सक्नुहुनेछ । आफ्नो भिडियो कार्यक्रम अरुले हेरेवापत विज्ञापनबाट कमाइ हुने रकममध्ये ४५ प्रतिशत फेसबुक आँफैले राख्नेछ भने ५५ प्रतिशत प्रयोगकर्ताले पाउने छन् ।

यस फिचरमा आफ्ना शाथीभाईले कस्तो भिडियो हेरिरहेको छन् ? आफ्नो सर्कलमा कुन भिडियो तथा कार्यक्रम 'ट्रेन्डिङ'मा छ सबै हेर्न सकिने छ । जसबाट थप नयाँ कार्यक्रमहरुबारे थाहा पाउन सकिने छ ।

प्रयोगकर्ताहरुले भिडियोबारे दर्शकको प्रतिकृयाहरु हेर्न सक्नेछन् । साथै, विभिन्न शाथीभाईसँग समुह बनाई निश्चित कार्यक्रमहरुको लक्षित दर्शक समुहको निर्माणसमेत गर्न सक्नेछन् ।

फेसबुक संस्थापक मार्क जकरबर्गले उक्त नयाँ फिचरमा कुनैपनि कार्यक्रम निस्क्रिय रुपमा मात्रै हेर्नुनपर्ने बताए । उनले भने, ‘एउटै विषयमा रुचि भएका मानिसहरुलाई एक ठाउँ ल्याउन सकिन्छ र त्यो अनुभव साट्ने मौका पनि बन्न सक्छ ।’

फेसबुकमा गतवर्ष देखि ‘भिडिओ ट्याब’ उपलब्ध छ तर त्यो अहिलेसम्म सिकारुहरुले खिचेका भिडियो फूटेज वा समाचार संस्थाले राख्ने स–साना अंशमा मात्र सीमित रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य