2026-07-25 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखामा जन्ती बोकेको बस दुर्घटना: ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर

माघ ४, दोलखा | दोलखाबाट सिन्धुलीतर्फ जन्ती लिएर जादै गरेको बस आज विहान दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

दोलखाको तामाकोसी गाउँपालिका-४ मालुबाट विवाहको जन्ति लिएर सिन्धुलीतर्फ जाने क्रममा अरनिको यातायातको बा२ख ३७६० नम्बरको बस शुक्रबार बिहान योगीगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ६ जनालाई थप उपपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरी ग्रामीण स्वास्थ्य सेवा केन्द्र तामाकोसी गाउँपालिका-४, डाँडागाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याउँदै गरिएको प्रहरी दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधव काफ्ले जानकारी दिए।

बेहुला सवार गाडी र स्थानीयको अन्य गाडीबाट समेत घाइतेको उद्धार भइरहेका कारण दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको निरीक्षक काफ्लेले जनाए।

ओरालोमा थप जन्ती पर्खिरहेको बस अघि बढ्ने क्रममा  एक्कासी पछाडीतर्फ गुडेर करिब ३० मिटर तल गुल्टिएको प्रहरीले जनाएको छ। 

मालुका गोविन्द मिजारको कान्छो भाइको विवाहमा जान लागेका जन्तिहरु दुर्घटनामा परि घाइते भएका हुन् । छुट्टै बोलेरोमा भएका कारण बेलुहा भने सुरक्षित छन् । बसमा करिब ५० जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक