२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्कुलका विधार्थीलाई लक्षित गरि म्याक्स कनेक्टले ल्यायो ‘स्मार्टर’ मोबाइल एप, एपबाट नै पढ्न पाइने

२०७६, १३ असार शुक्रबार ०७:४३

असार १३, काठमाडौं । स्कुल लेवलका विधार्थीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने 'स्मार्टर' मोबाइल एप सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा. लिले संचालनमा ल्याएको मोबाइल एपको एक कार्यक्रमका विच महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शुभारम्भ गरे । 


कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुलाई लक्षित गरि स्मार्टर एप ल्याइएको म्याक्स कनेक्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ)जीत रागबले जानकारी दिए।  एप मार्फत अनलाइन तथा अफ लाइन मार्फत घरैमा बसेर पनि अडियो/भिजुएलका साथ अध्ययन गर्न सकिने उनले बताए । प्रविधिको अधिकतम उपयोग मार्फत पेपरलेस तर्फ जाने सोच अनुरुप एप ल्याएका हौँ,  सीईओ रागबले भने 'कोर्स अनुसार आवश्यक मात्रामा अध्ययन सहयोगी भिडियो सामाग्री राखिएको छ, जसलाई  मल्टिपल प्रयोगकर्ताले पनि सहज तरिकाले उपयोग गर्न सक्नेछन् ।' प्रति विधार्थी वार्षिक ५ हजार शुल्क तिरेर एपको सेवा लिन सकिने उनले बताए । म्याक्स कनेक्टका देशभरिका डिलरहरु मार्फत हरेक स्कुलसम्म पुग्ने योजना रहेको कम्पनीले जनाएको छ। 


एपको शुभारम्भ गर्दै महजोडीले आफ्नो पालामा प्रविधिको उपयोग गर्न नपाएको स्मरण गर्दै हाल प्रविधियुक्त स्मार्टर मोबाइल एप संचालनमा आएकोले विधार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने विश्वास लिए।  

कनेक्ट टिमले यस अघि 'म्याक्स कनेक्ट इआरपी' मोबाइल एप मार्फत नेपाल र भारतका ४ सय स्कुल र २ लाख ५७ हजार विधार्थीलाई आवद्ध गराई सेवा दिइरहेको छ। जसले विधार्थी, शिक्षक, स्कुल र अभिभावकलाई एकै एप मार्फत सेवा प्रदान गरेको म्याक्स कनेक्टले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा