२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्स्टाग्राम ह्याकरले पाए ३४ पटक ३२ लाख रुपैयाँ पुरस्कार

२७ श्रावण २०७६, सोमबार ०८:१०

साउन २७, एजेन्सी  | अहिलेको समयमा  साइबर आक्रमण तथा ह्याकिङ विश्वभर नै ठूलो समस्या बनिरहेको छ । अझ फेसबुकलगायतका कम्पनीहरुले प्रयोगकर्ताका डाटा आफ्नो मुनाफाका लागि तेस्रो पक्षलाई बेच्ने कार्यले गर्दा यो समस्या झनै विकराल बन्दै गइरहेको छ ।

 साइबर अपराधी अर्थात् ह्याकरका लागि संगठित अपराधमा कारबाहीसमेत हुने गरेको छ । तर कहिलेकाहीँ ह्याकिङ गर्नु कसैका लागि पुरस्कारको विषय पनि बन्दो रहेछ । हालै भारतको चेन्नईका एकजना ह्याकरलाई फोटो सेयरिङ एप इन्स्टाग्रामले पुरस्कृत गरेको छ । लक्ष्मण मुथिया नामका ती ह्याकरलाई इन्स्टाग्रामले ३० हजार डलर नगर पुरस्कार दिएको हो ।

पेसाले सफ्टवेयर इन्जिनियर रहेका लक्ष्मण श्वेत टोपीधारी ह्याकर हुन् । उनले हालै इन्स्टाग्राम अकाउन्ट ह्याक गरे र त्यसबापत ३० हजार डलर पुरस्कार पाए । तर उनले यसरी ह्याकिङबापत पुरस्कार पाएको यो पहिलोपटक होइन । उनले यसअघि ३४ पटक यसरी पुरस्कार पाइसकेका छन् ।

इन्स्टाग्राममा रहेको सुरक्षा कमजोरी पत्ता लगाई ह्याक गरेबापत उनलाई इन्स्टाग्रामले पुरस्कृत गरेको हो । उनकै सुझावका आधारमा इन्स्टाग्रामले उक्त कमजोरीलाई सच्चाइसकेको छ । यसअघि एकपटकमा १० लाखवटा कोडहरु हालेर इन्स्टाग्राम अकाउन्ट ह्याक गर्न सम्भव थियो ।

 तर उनले त्यो कमजोरी पत्ता लगाइसकेपश्चात् इन्स्टाग्रामले एकपटकमा दश मिनेट भित्रमा केवल १० वटामात्रै कोड हाल्न सकिने बनायो, जसका कारण लाखौं अनुमानित कोडहरु एकसाथ हालेर ह्याकिङ गर्न असम्भव भयो । सोहीबापत इन्स्टाग्रामले उनलाई पुरस्कृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य