१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई सुशासन समितिले बोलायो

७ श्रावण २०७३, शुक्रबार ०७:५४

साउन ७, काठमाडौं । काठमाडौं विश्वविद्यालयका पदाधिकारीले प्रवेश परीक्षामा अख्तियारले हस्तेक्षप गरेको बारे मुख खोलेपछि त्यस विषयमा संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सोधपुछ गर्ने भएको छ ।

आजको बैठकमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार भोला थापाले प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढेको स्वीकार गरेका थिए । यसैबीच समितिको बैठकले अख्तियार प्रमुख लोकमान सहित पदाधिकारीहरुलाई आतबारको बैठकमा उपस्थित हुन निर्देशन दिएको हो ।

समितिले सोधपुछ पछि वास्तविकता पत्ता लगाउन समिति गठन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका अनसनरत डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । सो विषयतमा मौन रहेको काठमाडौँ बिश्वबिद्ध्यालयले समेत त्यसबारे मुख खोलेपछि समितिले अख्तियारको पदाधिकारीहरुलाई आइतबारको बैठकमा बोलाएको हो 

 अनसनरत डा.केसीले उठाएका विषयबस्तु र उनका मागबारे संसदमा छलफल हुनुपर्ने भन्दै सांसद गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए । सोही विषयलाई लिएर सुशासन समितिको आजको बैठक बसेको हो ।

समितिको बैठकमा सदस्यहरुले अख्तियार र काठमाडौं विश्वविद्यालयबीच प्रवेश परीक्षामा मिलेमतो भएको आशंका गर्दै छानबिन गर्न माग समेत गरे । त्यस्तै नेपाली कांग्रेसका ध्रुव वाग्ले, तराई मधेस लोकतान्त्रिक पार्टीका अकवाल मोहम्मद, सदभावना पार्टीका नरसिंह चौधरी लगायतले पनि वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गर्न माग गरेका छन् ।

आजको बैठकमा काठमाडौं विश्वविद्यालयका डिन, रजिष्ट्रार कानुनी सल्लाहकारहरुको सहभागीता रहेको थियो । यही बिषयमा आजको बैठकमा अख्तियारलाई नबोलाइएको भन्दै बिरोध समेत भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार