२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस, माओवादी र मधेसी मोर्चाद्वारा अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय

२०७३, ७ श्रावण शुक्रबार ०८:२५

साउन ७, काठमाडौं । नेपाली कांग्रेस, माओवादी र मधेसी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेका छन्  । 

आज बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले प्रधानमन्त्रीको राजीनामा समेत नमाग्ने  र अविश्वासको प्रस्तावलाई प्रक्रियामा अघि बढाउन समेत माग गरेको छ । साथै सोहि बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिका लागि भन्दै राखेको प्रस्ताव समेत अस्वीकार गरेको छ ।

बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीले राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिन प्रस्ताव पेश गरेका थिए । तर आजको बैठकपछि कांग्रेसले नेता पौडेलको प्रस्ताव अस्विकार गर्दै अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएको छ । 

त्यस्तै बैठकमा कांग्रेस, माओवादी र मधेसी मोर्चाले बजेट आश्रति विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमाथि संसदमा पहिले छलफल हुनुपर्ने समेत निष्कर्ष निकालेको छ । बैठकमा एमालेले संसद बैठक अबरुद्ध गरि एमालेले गलत काम गरिरहेको  निष्कर्ष निकालेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ