2026-06-27 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक

भदौ ५, काठमाडौँ | यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । 

एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो संख्या हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस (IP Address) भनिन्छ । यो एड्रेस इन्टर्नेट असाइन नम्बर प्राधिकरण (IANA) भन्ने अमेरिकी संस्था ले सबै इन्टरनेट सेवा प्रदायकहरु लाई बाँडफाँड गरी प्रदान गरेको हुन्छ । आईपी एड्रेसका दुई संस्करण हुन्छन्  । एउटा आईपी भर्सन फोर ( IPv4) हो भने अर्को आईपी भर्सन सिक्स (IPv6 ) हो । सुरुको भर्सन आईपी  भी फोरमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु छन् । जसका कारण यसको कोटा २०११ को अप्रिल १५ मा नै समाप्त भयो ।  परिणामत: पब्लिक भी फोरको अभावको समस्यालाई निराकरण गर्न अधिकांश इन्टरनेट सेवाप्रदायकहरु अहिले प्राइभेट एड्रेसिङको प्रयोगका लागि नेटवर्क एड्रेस ट्रान्सलेसन (एन ए टी, NAT) प्रविधिमा निर्भर छन् ।  

यो प्रोटोकलको पछिल्लो संस्करण भनेको आईपीभी सिक्स हो । आईपीभी सिक्सभित्र आईपी एड्रेस यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन् । जसले गर्दा विश्वमा भविष्यमा इन्टरनेटसँग जोडिने हरेक डिभाइसका लागि यसले छुट्टाछुट्टै रोउटेबल एड्रेस असाइन गर्ने क्षमता राख्छ । यसमा एनएटी (NAT) प्रविधिको आवश्यकता नहुने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस अली राम्रो हुन्छ । 


हाल गूगल, फेसबुक जस्ता कन्टेन्ट सेवा प्रदायकहरुले आईभी सिक्स मा पनि सामग्री प्रदान गर्छन् । जसलाई हरेक इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तासम्म पुर्‍याइरहेका हुन्छन् । हाल उपकरणको ईकोसिस्टममा पनि भी सिक्स र भी फोर दुवै इनेबल हुँदा प्रयोगकर्ताको डिभाइसमा हुने ब्राउजर एप्लिकेसनहरुले स्वचालित रुपमा भी सिक्सलाई नै प्राथमिकतामा राखिरहेका हुन्छन् ।

विर्ल्ड लिंक नेपालको पहिलो इन्टनेट सेवा प्रदायक हो, जसले जुलाई २०१९ मा आईपीभी सिक्सलाई इनेबल गरेको थियो । विश्वमा कमै मात्र आईएसपीहरुले यसलाई इनेबल गरेका छन् । भी सिक्समा जाँदा हामीले ग्राहकलाई अलि उत्कृष्ट इन्टरनेट सेवा दिन सक्छौं र सेवाप्रदाकहरुका लागि रिमोटली ग्राहको समस्या निवारण अलि सजिलो बनाइदिन्छ । अहिले विश्वसँगै नेपाल पनि इन्टरनेट अफ थिङ्स (IoT) मा गइरहेको अवस्थामा त्यसलाई वृहत् बनाउन यस किसिमको तयारीलाई ठूलो विकासको संकेत मान्न सकिन्छ । 

हाल वर्ल्डलिंकका अनुसार हाल कम्पनीका चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार भी सिक्स प्रोटोकल नेटवर्कमा गइसकेका छन् । विर्ल्डलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्छन् ।

एसिया प्रशान्त नेटवर्क इन्फर्मेसन सेन्टर (APNIC), गूगल र  फेसबुकको तथ्याङ्क अनुसार हाल विश्वको करिब २६ प्रतिशत नेटवर्क भी सिक्समा छ । यस्तै नेपालको ११ प्रतिशत नेटवर्क आईपीभी सिक्स गएको छ । जसमा सबैभन्दा धेरै योगदान आफ्नै रहेको वर्ल्डलिंकको  छ । यसले इन्टरनेटलाई छिटो र व्यापक मात्र हैन साथै यसले इन्टरनेट सुरक्षा समेत बढाउन मद्दत गरेको छ ।  सरकारी तथा नियामक निकायहरुलाई गैरकानूनी गतिविधि ट्रयाक गर्न समेत सजिलो बनाऊनेछ , जुन कुरा आईपीभी फोरमा नेटवर्क एड्रेस ट्रान्सलेसन NAT को कारण ले गतिविधि ट्र्याक गर्न निकै कठिन हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी