साउन १३, मलेखु (धादिङ) । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, मलेखु (धादिङ) । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख "/>
१ माघ २०८२, बुधबार
धादिङ्ग - DHG

मिजारको हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

१३ श्रावण २०७३, बिहीबार ०१:१८

साउन १३, मलेखु (धादिङ) । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई धादिङका अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन् । 

काभ्रेबाट अपहरण गरी ल्याएर हत्या गरिएका मिजारको लास धादिङको कुम्पुर–३ मलेखु नजिकै प्रतीक्षालयमा झुन्ड्याइएको अवस्थामा फेला परेको थियो । काभ्रे जिल्लाको बाउन्नकिलो निवासी कल्पना पराजुलीसँग प्रेमविवाह गरेपछि उमेर नपुगेर आफ्नो परिवारको जिम्मा लगाइएको लगत्तै दलित भएकै कारण अजितको हत्या गरिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको हो ।

जिल्लामा क्रियाशील दलित सेवा सङ्घ, संयुक्त दलित सङ्घर्ष समिति, इन्सेक, संयुक्त दलित अधिकार मञ्च, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, दलित उत्थान तथा पैरवी मञ्च, दलित महिला सङ्घलगायत नौओटा सङ्घसंस्थाले प्रजिअ सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ । 

हत्या गरिएको प्रशस्त आधार हुँदाहुँदै आत्महत्या भन्ने प्रहरीले अनुसन्धानमा समेत ढिलाइ गरिरहेकाले सत्यतथ्य छानबिन गर्न, हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझेपछि प्रजिअ सुवेदीले घटना छानबिन भइरहेकाले आवश्यक परेको बखत अधिकारकर्मीसँग छलफल गर्ने बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव