सिटी पोख्रेल/साउन १४, प्यूठान । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ । 

जिल्ला दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिटी पोख्रेल/साउन १४, प्यूठान । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ । 

जिल्ला दै"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्युठानमा बाढी र पहिरोबाट झन्डै ३०० परिवार विस्थापित

२०७३, १४ श्रावण शुक्रबार ११:५८

सिटी पोख्रेल/साउन १४, प्यूठान । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा जिल्लाभरका बाढी पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ देखिएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिले सबैभन्दा धेरै प्रभावित क्षेत्र फोप्ली गाविसमा राहत पु¥याउनका लागि नेपाली सेनाको सहयोग लिए पनि झन्डै पाँच घन्टासम्म पैदल हिँड्नुपर्ने भएपछि समयमै राहत पु¥याउनका लागि कठिनाइ भएको हो । 

जिल्लास्तरबाट तत्कालका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले चिउरा, चाउचाउ, दालमोठजस्ता अत्यावश्यक वस्तु पु¥याए पनि अन्य खाद्यान्न र लत्ताकपडा पु¥याउन समस्या देखिएको हो । राहत सामग्री ढुवानी गर्नका लागि फोप्ली गाविसमा नेपाली सेना र नेपाल प्रहरीले हेलिप्याड निर्माण गरे पनि केन्द्रबाट हेलिकप्टर नपठाउँदा राहत सामग्री पु¥याउन समस्या भएको छ । राहत सामग्री ढुवानी गर्नका लागि हेलिकप्टर माग भए पनि हालसम्म आउन नसकेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले बताए । 

“तत्कालको राहत सामग्रीका लागि नेपाली सेना र नेपाल प्रहरीले ढुवानी कार्य गरिरहेका छन् ।” प्रनाउ राठोरलेभने–“जिल्लास्तरमा राहत सामग्रीसँगै हेलिकप्टरको आवश्यकता देखिएको छ ।” लगातार तीन दिनसम्मको वर्षाका कारण ३८ जनाको मृत्यु भएको प्यूठानमा अहिलेसम्म झन्डै ३०० घरपरिवार विस्थापित भएका छन् । 

पहिरोमा परी मृत्यु भएकाका आफन्त र विस्थापितका लागि राहत सामग्रीसहित खानेपानी, स्वास्थ्य तथा बसोबासको समस्या देखिएको फोप्लीका स्थानीयवासी तथा राहत कार्यमा खटिनुभएका नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले  बताए । 

“स्थानीयवासीमा पानी, बसोबास, खाद्यान्न तथा स्वास्थ्य समस्या देखिएको छ ।” तीन दिनदेखि उद्धार कार्यमा खटिनुभएका भण्डारीले भने– “तीन दिनको सुत्केरीसहित वृद्ध र नाबालक पनि यहाँ बेवारिसे अवस्थामा रहेका छन् । उनीहरुको उद्धार गरी उचित बसोबास र खाद्यान्नसहित स्वास्थ्य सेवा तत्काल लैजान आवश्यक छ ।” 

हालसम्म फोप्लीको ३, ४ र ५ नं वडामा मात्रै २४ जनाको मृत्यु भएको छ । त्यस्तै यहाँ अझै दुई जना बेपत्ता रहेका छन् भने जिल्लाका विभिन्न स्थानमा अझै पनि छ जना बेपत्ता रहेको भन्दै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उनीहरुको खोजीसँगै उद्धार र राहतलाई प्राथमिकता दिइएको बताए । 

“राहतस्वरुप हामीले तत्कालका लागि रु आठ हजारसम्म राहत दिएका छौ ।” प्रजिअ पन्थले भने– “जिल्लामै हालसम्मकै ठूलो मानवीय क्षति भएको समय छ । यसमा प्रतिमृत परिवार रु ४० हजारसम्म आर्थिक राहत दिने तयारी गरेका छौँ । तर अन्य निकायको समन्वयमा खाद्यान्न र लत्ताकपडा पनि वितरण गर्ने तयारी गरेकाछौँ ।” बाढी पहिरोमा परी मृत्यु भएका सँगै विस्थापित र बाँचेकाको अहिले बिचल्ली भएको छ । 

जिल्लामा ३०० भन्दा धेरै परिवार विस्थापित 

लगातारको वर्षासँगै आएको बाढी पहिरोमा परी उच्च जोखिममा रहेका रजवारा, खुङ, पूजा, खवाङ, फोप्ली, लुङ र भिगृमा स्थानीयवासी विस्थापित भएका छन् । जिल्लामा सबैभन्दा धेरै फोप्ली गाविसको ३, ४, ५, ६ र ९ नं वडामा मात्रै १४६ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु विद्यालय, गोठ तथा आफन्तको आश्रय लिएर बसेका छन् । 

त्यस्तै डामृमा ४२, अर्खामा २८ र लिवाङमा १७ परिवार विस्थापित भएका छन् । त्यस्तै उत्तरी प्यूठानको स्याउलिवाङ र ओखरकोटमा १६ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । विस्थापित परिवारमा सदस्यहरु झन्डै एक हजार ५०० जनाभन्दा धेरै विस्थापित भएको हुन सक्ने अनुमान गरिएको छ । विस्थापित परिवार अधिकांश विद्यालय तथा खुला ठाउँ र आफन्तकामा बसेका छन् । जिल्लाभरमा स–साना पहिरो असङ्ख्य मात्रामा गएका छन् । 

अधिकांश ठाउँ उच्च जोखिममा 

जिल्लामा बाढी पहिरो गएका अधिकांश ठाउँ उच्च जोखिममा रहेका छन् । पहिरो गएका ठाउँमा पानीका मुहान फुटेसँगै गाउँका बस्ती उच्च जोखिममा रहेका छन् । भूकम्पसँगै लगातारको वर्षाका कारण जमिनमा चट्टान र माटो बीचमा ठूलो कम्पन आएकाले ठाउँहरु उच्च जोखिममा रहेका छन् । जिल्ला दैवी प्रकोप प्रतिकार्य योजनामा पनि उत्तरी क्षेत्रहरु आफै जोखिममा रहेको भन्दै प्रजिअ जनकराज पन्थले लगातारको वर्षासँगै सो क्षेत्रका ठाउँ र बसोबास गरेका स्थान उच्च जोखिममै रहेको बताए । 

छ बेपत्ता अझै फेला परेनन् 

लगातारको बाढी र पहिरोका कारण जिल्लाभरमा हालसम्म अझै छ जना बेपत्ता रहेका छन् । उनीहरु तीन दिन बितिसक्दा पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । 

हालसम्म फोप्ली–३ मा ४१ वर्षीया चमेली पुन, चार वर्षीया थमी पुन, खवाङ–३ का ८० वर्षीय फुटरी सुनार खवाङ–७ का २५ वर्षीया काली परियारसहित लुङ–६ वहानेका ११ वर्षीय किरण थापा र ३० वर्षीया शोभा रिजाल बेपत्ता रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा