साउन १६, काठमाडौँ | Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
साउन १६, काठमाडौँ |
२९ मंसिर २०८२, आईतवार
काठमाडौँ - KTM

नेविसंघको महाधिवेशनमा लफडै-लफडा

१६ श्रावण २०७३, आईतवार ०१:०३

साउन १६, काठमाडौँ | नेविसंघलाई कांग्रेसमा नेता उत्पादन गर्ने कारखाना मानिन्छ। पार्टीका वर्तमान सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, कल्याण गुरुङ, प्रदीप पौडेलजस्ता चर्चित र वरिष्ठ नेता विद्यार्थी राजनीतिबाटै आएका हुन्। तर, पछिल्लो दश वर्षदेखि भने कांग्रेसको नेता उत्पादन गर्ने यो कारखाना बन्द छ। जसका कारण कांग्रेसमा नयाँ नेता जन्मन सकेका छैनन्। 

नियमित महाधिवेशन हुन नसक्दा नेविसंघ १० वर्षदेखि तदर्थवादमा चलेको छ। ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकता भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन। तर, त्यसयता कांग्रेसको भने दुईवटा महाधिवेशन सम्पन्न भइसकेका छन्। गत फागुनमा सम्पन्न १३ औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले नेविसंघको ११औँ महाधिवेशन चाँडै गराउने घोषणा गरेका थिए। त्यसपछि २३ देखि २५ साउनसम्म महाधिवेशन गर्ने घोषणा पनि भयो। तर, महाधिवेशन आउन अब ८ दिन बाँकी हुँदा नेविसंघभित्र रहेको वर्षौंदेखिको विवाद भने मिल्न सकेको छैन। एउटा पक्ष निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने गरी अगाडि बढेको छ। तर, असन्तुष्ट समूह भने पहिले विवाद समाधान हुनुपर्ने माग लिएर पार्टी केन्द्रीय कार्यालयमै आमरण अनशन बसिरहेको छ।

 यसपटक महाधिवेन हुने आशा

महाधिवेशनको मिति नजिक आइसके पनि विवाद मिलिसकेको छैन। भक्तपुर, सिन्धुपाल्चोक, रुपन्देही, पर्सा, रौतहट, कञ्चनपुर, सिरहा, सोलुखुम्बु, धनुषासहितका ११ जिल्लामा विवाद छ। ती जिल्लामा जिल्ला अधिवेशन नभए पनि महाधिवेशन प्रतिनिधिको चयनमा देखिएको विवाद मिलाउने प्रयास भइरहेको महाधिवेशन निर्देशक समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिए। यसअघिको समितिले प्रभावकारी काम गर्न नसकेपछि पार्टी सभापति देउवाले पाँच दिनअघि केन्द्रीय सदस्य डा. प्रकाशशरण महतको नेतृत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन गरेका थिए। समितिमा किशोरसिंह राठौर, गुरुराज घिमिरे, प्रदीप पौडेल र गोविन्द भट्टराई सदस्य छन्।

विवाद नमिले के हुन्छ ?

 ११ जिल्ला, केन्द्रीय क्याम्पस कीर्तिपुर तथा उपत्यकाका आरआर, कमर्स, बानेश्वरलगायतका क्याम्पसमा अधिवेशन हुन सकेको छैन। ती क्याम्पसबाट कसरी महाधिवेशन प्रतिनिधि चयन गर्ने भन्ने समस्या छ। तर, निर्देशक समिति सदस्य घिमिरेले चाँडो विवाद नमिले विवादित जिल्ला र क्याम्पसबाट प्रतिनिधित्व नगराई महाधिवेशनको बाटो खुलाइने बताए। पार्टी एकीकरण नहुँदै ०६४ मा कांग्रेस पक्षधरको चितवनमा सम्पन्न महाधिवेशनबाट प्रदीप पौडेल र सोही वर्ष कांग्रेस प्रजातान्त्रिकको नेपालगन्जमा सम्पन्न महाधिवेशनबाट कल्याण गुरुङ सभापतिमा निर्वाचित भएका थिए। पार्टी एकतापछि ०६४ असोजमा पौडेलकै नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो। तर, तत्कालीन पार्टी सभापति सुशील कोइरालाले ०६८ फागुनमा पौडेललाई हटाएर रञ्जित कर्णको नेतृत्वमा तदर्थ समिति गठन गर्दै ६ महिनामा महाविधेशन गर्न जिम्मा दिएयता महाधिवेशन अनिश्चित बनेको हो। त्यसयता, पटक–पटक महाधिवेशनको मिति घोषणा हुँदै र स्थगित हुँदै आयो। – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली