२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्ल्डलिंकले नेपालका १४ ठूला सहरमा इन्टरनेट डाटासेन्टर निर्माण गर्ने

२०७७, १५ माघ बिहीबार १२:१६

माघ १५, काठमाडौँ । वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आइडिसी) निर्माण गर्ने घोषणा गरेको छ। यी डाटासेन्टर नेपालका सबै प्रदेशमा कम्तिमा एउटा रहने वर्ल्डलिंकले जनाएको छ।

ती डाटसेन्टरहरूमध्ये काठमाडौंमा सबैभन्दा ठूलो हुने बताइएको छ। जुन अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणिकरण सहितको हुनेछ। अन्य बाँकी डाटासेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ।

कम्पनीकाअनुसार डाटासेन्टरले वर्ल्डलिंकको पूर्वाधार व्यस्थापन गर्छ। साथै अन्य इन्टरनेटसेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी , निजी संस्थाहरू र  सम्पूर्ण  देशलाई चाहिने सूचना प्रबिधि, दूरसंचार पूर्वाधारको व्यवस्थापन गर्नेछ।

आगामी तीन वर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न बताएको छ। करिब तीन सय करोडको लगानी गर्ने कम्पनीले जानकारी दिएको छ। यसको उद्देश्य ग्राहकहरुलाई गुणस्तरीय इन्टरनेट सेवा दिने र डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु रहेको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकले डाटासेन्टर निर्माणमा  नेपाल दुरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण तथा नेपाल सरकार संग सहकार्य गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना