२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

२०७७, १९ माघ सोमबार ०९:४५

माघ १९, काठमाडौँ । ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ ।  एप्सको प्रयोगले समाजमा देखिने नराम्रा कामलाई दुरुत्साहन गर्न सहयोग पुग्ने जानकार बताउँछन् । 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज एप्सको शुभारम्भ गर्दै महानगरपालिकाका सकारात्मक र भएमा नकारात्मक दुवै काम एप्समा हालेर समस्या समाधान गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले लिएको स्मार्ट सिटी बनाउने योजनामा यसले निकै सहयोग गर्नेछ । महानगरपालिकालाई स्मार्ट सिटी बनाउन साइकल लेनका साथै पानी तथा हरियालीजन्य विभिन्न परियोजनामा समेत हामीले जोड दिइरहेका छाँै ।” 

कार्यक्रममा क्यापिटल आई प्रालिका कार्यकारी निर्देशक श्रीश कर्माचार्यले एप्सको ‘प्ले स्टोर’ अन गरी ‘एलएमसी सिटी पुलिस एप्स’ खुलेपछि त्यसमा उजूरीको शीर्षक र सूचनाको जानकारी लेखिने ठाउँमा आफ्ना समस्या लेखी तस्वीर हालिदिएर उजूरी गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिका कार्यालयमा जडान गरिएको कम्प्युटरमा उजूरी आउँछ । यसैका आधारमा राम्रो काममा तारिफ र नराम्रोमा दण्ड दिन सकिन्छ । एप्समा आएको सूचना भने गोप्य रहन्छ ।” नगर प्रहरी प्रमुख सीताराम हाछेथुले एप्समा जुनसुकै जानकारी आइसकेपछि आफूहरु त्यस स्थानमा पुगी तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना