Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

यस्तो छ दुनियाको सबैभन्दा पातलो ल्यापटप

२०७३, २१ श्रावण शुक्रबार १४:०८

साउन २१, काठमाडौँ | प्रविधिको दुनियामा एचपी कम्पनीले ल्याएको स्पेक्टर सिरिजको ल्यापटप संसारकै पातलो ल्यापटप हो । 

यो ल्यापटपको पछाडिपट्टिको भाग निकै आकर्षक लुकमा एचपीको नयाँ लोगो देख्न सकिन्छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ । जसमा कोर एम प्रविधि रहेको छ, जसले कम उर्जा खपत गर्दछ । साथै यो ल्यापटपमा तात्ने समस्या पनि कम हुन्छ । यो ल्यापटपको बडी आल्मुनियम तथा कार्वन फाइबरबाट बनेको छ ।

यो ल्यापटप ब्राउन गोल्ड कम्बिनेसन कलरमा मात्रै रहेको छ । यसमा तिनवटा युएसबी सी टाइप पोर्ट रहेका छन् । ल्यापटपको स्क्रिनलाई निकै शक्तिशाली तथा नफुट्ने गोरिल्ला ग्लासबाट सुरक्षित गरिएको छ । साथै यो ल्यापटपको किबोर्ड पनि निकै उत्कृष्ट रहेको छ ।

बेकेलाइटले यसलाई झनै आरामदायी बनाउँदछ । यसको ट्रयाकप्याडले राम्रो रेस्पोन्स दिन्छ यद्यपि यसको आकार भने केही ठूलो मानिएको छ । लगातार वाइफाइ कनेक्सनका साथै मध्यमस्तरको स्क्रिन चमकमा समेत यो ल्यापटपको ब्याट्री ७ देखि ८ घण्टासम्म टिक्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण