२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ध्वनिभन्दा पाँच गुणा द्रुत गतिको विमानको परीक्षण उडान

२०७८, ११ माघ मंगलवार ०६:५७

एजेन्सी | संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो । 

विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो ।

हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ । विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ ।

यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ । यसबाट हावामै हाइपरसोनिक एयरक्राफ्टसमेत लन्च गर्न सकिने बताइएको छ । विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन् ।

रकेट लन्च गर्न सकिने

यो विमान निर्माणको मुख्य उद्देश्य हावामै स्याटेलाइटलाई सहजै अन्तरिक्षमा लन्च गर्नु रहेको कम्पनीको भनाइ छ । विमानको तेस्रोपटक परीक्षण गरिएको हो । विमानलाई क्यालिफोर्निया राज्यको विमानस्थलबाट उडाइएको थियो । 

स्टेटोलन्च कम्पनीको स्थापना माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा गरेका थिए । यो विमानले सुपरसोनिक वाहनलाई सहजै अन्तरिक्षमा लिएर जान सक्छ । यसमा प्रयोग गरिएको शक्तिशाली ६ वटा इन्जिनले २४९४७५/८०४ किलो तौललाई हावामा ३५ हजार फिटको उचाइसम्म लिएर जान सक्छ । यो एक ‘कन्सेप्ट एयरक्राफ्ट’ हो, जसले अधिक उचाइबाट रकेट लन्चसमेत गर्न सक्छ ।

यसका मालिक एलनको २०१८ मा निधन भएपछि कम्पनी बिक्री गरिएको थियो । यसका नयाँ मालिक अब यो विमानबाट हाइपरसोनिक रकेट लन्च गर्न चाहन्छन्, जसको गति ध्वनिभन्दा पनि पाँच गुना ज्यादा हुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस