भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

सामाजिक संजाल फेसबुकले परिमार्जन गर्यो पुरानो फिचर, यस्तो छ नयाँ फिचर !

१३ भाद्र २०७३, सोमबार ०७:५६

भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर सार्बजनिक गरेको छ ।

फेसबुकले परमार्जित नयाँ फिचर अनुसार अब इडिटोरियल स्टाफले ट्रेण्डिङमा न्युज फिचरको विस्तृत विवरण राख्ने छैनन् । यसै वर्षको सुरुवातमा फेसबुकलाई पुराना धारणाहरुलाई दबाएको र रिपब्लिकनलाई प्रोत्साहन गरेका आरोप लाग्दै आएको थियो ।

विगतमा फेसबुकमा काम गरिसकेका एक पत्रकारले फेसबुकले आफ्नो स्वार्थका लागि पुराना धारणा तथा सोच राख्ने खालका न्युज फिचरलाई दबाउने गरेको आरोप लगाएका थिए । यता फेसबुकले ब्लगमा पोस्ट गर्दै आफूहरुले गरेको आन्तरिक अनुसन्धाले आफ्नो ट्रेण्डिङ फिचरमा कुनै खराबी आएको तथ्य फेला नपरेको बताएको छ।

फेसबुकले भनेको छ, ‘हामी हाम्रो ट्रेण्डिङ फिचर परिमार्जन गर्दैछौं यसबाट प्रयोगकर्ताले धेरै ट्रेण्डिङ भएका न्युज फिचर हेर्न सक्ने छन् र आफूले चाहे अनुसार ट्रेण्डिङ टपिक बनाउन सक्नेछन्।’ उसले आफ्ना कर्मचारीहरु प्रयोगकर्ताले पोस्ट गरका फिचर समाचार भए–नभएको बारेमा अनुगमन गर्न सँधै तयारी अवस्थामा रहने जनाएको छ । फेसबुक आफ्ना विचार तथा धारणाहरु शेयर गर्ने एक उत्तम प्याटफर्म भएकाले प्रयोगकर्ताले आफूले चाहेको विषयमा छलफल गर्नुका साथै धेरै भन्दा धेरै जानकारी हात पार्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का