२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलले कहाँबाट खोज्छ सबै कुराको जवाफ ?

१६ चैत्र २०७८, बुधबार ०७:३८

चैत १६, काठमाडौं । गुगलका बारेमा कुनै थप परिचय आवश्यक छैन । इन्टरनेटको पहुँचमा रहेका बच्चादेखि वृद्धसम्म सबैले आफ्ना जुनसुकै प्रश्नको जवाफ गुगलसँगै खोज्दछन् । गुगलसँग हरेक विषयका हरेक शीर्षकको बारेमा जानकारी हुन्छ, चाहे त्यो कुनै पनि देशसँग सम्बन्धित होस् ।

तपाईको दिमागमा उठ्ने जुनसुकै सबालको गुगलले सरल तरिकाले जवाफ खोजिदिन्छ । तर गुगलले तपाईका हरेक प्रश्न तथा आशंकाको सटिक जवाफ क्षणभरमै कसरी खोजिदिन सक्छ भन्ने कुराका बारेमा तपाईले सोच्नुभएको छ ?

वास्तवमा गुगल सर्च प्रयोगकर्ताका जिज्ञासा तथा खोजीको जवाफ दिनका लागि गुगलले ३ वटा चरण पार गर्ने गर्दछ ।

पहिलो चरण : Crawling

गुगल सर्चमा केही कुरा खोज्नका लागि टाइप गरेर सर्च बटन थिच्नेहरुका लागि उल्लेखित विषयका बारेमा जानकारी प्रदान गर्ने कार्यको पहिलो चरण Crawling हो ।

वास्तवमा Web Crawlers ले विभिन्न वेबपेजहरु खोजी गरेर, पत्ता लगाएर त्यसको लिंकहरु फलो गरी एकत्रित गर्दछन् र त्यसमा भएका सबै डाटा गुगलको सर्भरमा ल्याइन्छ ।

दोश्रो चरण : Indexing

विभिन्न विषयका वेबपेजहरुको खोजी र त्यसमा भएका लिंक तथा डाटाहरु गुगलको सर्भरमा ल्याउने काम अर्थात् Crawling पछि दोश्रो चरण हो Indeding। Crawlersले जब वेबपज फेला पार्दछ तब उक्त पेजमा के सामाग्री छ भन्ने हेर्दछ । त्यसबेला विभिन्न कुरामा ध्यान दिइन्छ जस्तै कि वर्ड, वेबसाइटका सामाग्री अरु श्रोतको कपी पेस्ट अर्थात् भए नभएका आदि ।

यी सबैलाई गुगलको सिस्टमले ट्रया कगर्दछ । यदि त्यसक्रममा कुनै डुप्लिकेसन अर्थात् दोहोरिएको वा नक्कल गरिएको सामाग्री तथा पेज फेला रेमा त्यसलाई हटाइन्छ । जब अन्तिम जानकारी प्राप्त हुन्छ त्यसलाई Google Index मा भण्डारण गरेर राखिन्छ र त्यसको एक डाटाबेस तयार गरिन्छ ।

अन्तिम चरण : Serving Result

प्रयोगकर्ताको खोजी अथवा प्रश्नको जवाफ गुगल सर्चको पेजमा देखाउने अन्तिम तथा तेश्रो चरण हो Serving Result । जब हामीले गुगलमा केही खोज्छौं । तब हाम्रो प्रश्न वा जिज्ञासाको जवाफ गुगल पेजमा प्राप्त हुन्छ ।

उसो त गुगल सर्च विभिन्न कुरामा निर्भर गर्दछ तर Crawling र इन्डेक्सिङपछि जुनजुन पेजहरु पेज र्यांकमा अगाडि हुन्छ त्यो सबैभन्दा पहिले देखिन्छ । यसरी गुगलले तपाई हाम्रो हरेक प्रश्नको जवाफ क्षणभरमा दिन सक्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली