स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

स्मार्ट फोनको चार्ज टिकाउने अचुक उपायहरु यस्ता छन् ! जानी राखौ

१५ भाद्र २०७३, बुधबार ११:४७

स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन्छ । त्यसैले चार्जर र पावर बैंकसँगै लिएर हिँड्नु बाध्यता बनेको छ, स्मार्टफोन प्रयोगकर्ताहरूको । तर, यो नै समस्याको समाधान भने होइन । 

समाधान के हुन सक्छ त ? आउनुस् एन्ड्रोइड स्मार्टफोनको ब्याट्री टिकाउने टिप्सबारे जानौँः

–स्मार्टफोनको ब्याट्रीको चार्ज धेरै नरित्याउनुहोस् । ब्याट्री ४० प्रतिशतमा झरेपछि चार्ज गर्नुहोस् । तर, हरेक तीन महिनामा भने मोबाइलको ब्याट्री चार्जलाई पूरै रित्याउनुहोस् अनि मात्र चार्ज गर्नुहोस् । यसो गर्दा ब्याट्रीको चार्जिङ क्षमता बढ्ने ब्याट्री युनिभर्सिटी ब्लगमा दाबी गरिएको छ ।

–मोबाइलको कल घण्टी खुला गर्नुहोस् । भाइब्रेसन एक्टिभेट गर्दा त्यसले ब्याट्रीको चार्ज बढी खपत गर्छ ।

–तपाईंको स्मार्टफोनमा कुन एपले बढी ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहोस् । उक्त एप खासै कामको छैन भने अनइस्टल गर्नु ठीक हुन्छ । कुन एपले बढी ब्याट्री खपत गरेको छ जान्नका लागि स्मार्टफोनको सेटिङमा गएर चेक गर्न सक्नुहुन्छ ।

–मोबाइलको नेटवर्क सिग्नल कम छ र स्मार्टफोनले लगातार नेटवर्क सर्च गरिरहनुपर्छ भने त्यसबेला निकै धेरै ब्याट्री खपत हुन्छ । त्यसैले खास गरी यात्राका दौरान यस्तो हुने भएकाले मोबाइलमा एयरप्लेन मोड एक्टिभेट गर्नुहोस् । जसका कारण स्मार्टफोनले नेटवर्क खोज्नमा ऊर्जा खर्च गर्नुपर्दैन । मोबाइल नेटवर्क कम भएको बेला डाटाभन्दा वाइफाइको प्रयोग गर्दा ब्याट्री बढी खप्छ ।

–होमस्क्रिनबाट अनावश्यक एप हटाउनुहोस् । धेरै एन्ड्रोइड एपहरूलाई होमस्क्रिनमा राखिन्छ । स्मार्टफोनको स्क्रिन अनलक गर्नेबित्तिकै त्यस्ता एप सीधै प्रयोग गर्न सकियोस् भन्नका लागि यसो गरिन्छ । तर, यसरी होमस्क्रिनमा राखिएका एप लगातार अपडेट हुने भएकाले बढी डाटा र ब्याट्री खपत गर्छन् । त्यसैले होमस्क्रिनबाट त्यस्ता एपको विज्याट हटाउनुहोस् । त्यसका लागि उक्त एपको आइकनमा थिच्नुहोस् । त्यहाँ ट्रयास आइकन देखापर्छ । एपको विज्याटलाई ड्रयाग गरी सोही ट्रयासमा लगेर हाल्नुहोस् । स्रोत: शुक्रबार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प