रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँ"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा नयाँ रेडियो खुल्यो

१५ भाद्र २०७३, बुधबार १२:५५

रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँडेलले जानकारी दिनुभयो ।

‘न्याय, समानता र समृद्धिको लागि रेडियो बुर्तिवाङ’ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गरि रेडियो स्थापना गरिएको उहाँको भनाइ छ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिवाङमा खोलिएको रेडियोले ग्रामिण भेगका नागरिकलाई सूचनाको सरल पहुँचमा जोड्ने विश्वास लिइएको छ । ‘दुर्गम भेगका जनसाधारणसम्म सूचनाको सहज पहुँच पु¥याउन रेडियो स्थापना गरिएको छ’ म्यानेजर कँडेलले भन्नुभयो ‘यस क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण र जागरणको लागि पनि रेडियोबाट टेवा पुग्ने विश्वास लिएका छौं ।’ 

बुर्तिवाङ बजारमा मुख्य स्टेशन रहेको रेडियोको टावर भने बुर्तिवाङकै अर्नाकोट डाँडामा राखिएको छ । परिक्षणकालमा गीत, सङ्गीत मात्र प्रसारण गरेर स्रोता प्रतिक्रिया लिने काम भइरहेको रेडियो व्यवस्थापनले जनाएको छ । ५ सय वाट क्षमताको रडियो प्रसारण बागलुङको पश्चिम भेगसँगै छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम, रोल्पा सम्मका केही भूभागमा पुग्ने जनाइएको छ । रेडियो बुर्तिवाङलाई एफ.एम. ब्याण्डको ९५ दशमलव ६ मेगाहर्जमा सुन्न सकिनेछ । यसअघि पनि बुर्तिवाङमै दुई वटा सञ्चालनमा छन् । 

रेडियो बुर्तिवाङसँगै बागलुङमा रेडियोको संख्या ९ पुगेको छ । २०६१ सालमा पहिलोपटक धवलागिरि अञ्चलकै पहिलो रेडियोका रुपमा धवलागिरि एफ.एम. बागलुङमा स्थापना भएको थियो । त्यसयता जिल्ला सदरमुकाम, गलकोट, बुर्तिवाङ, खरबाङ्ग र वरेङमा गरि नौ वटा रेडियो खुलिसकेका छन् । पछिल्लो पटक खुलेको रेडियो बुर्तिवाङ व्यवसायीक रेडियो हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प