ललिता निवास जग्गा प्रकरण : सर्वोच्च अदालतद्वारा पक्राउ परेका पाँचै जनाको रिट खारेज

Posted on: 21 Jul, 2023

साउन ५, काठमाडौँ | सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पाँचै जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा खारेज गरिदिएको छ ।

ललिता निवास प्रकरणमा पक्राउ परेका  पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, सञ्चार सचिव कृष्णबहादुर राउत, डिल्लीबजार मालपोतका पूर्वकर्मचारी धर्मप्रसाद गौतम रटीकाराम घिमिरेले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

त्यस माथि सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दा खारेज गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!