कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कम"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

२९ कार्तिक २०७३, सोमबार ११:१०

कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ । 

बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास्कुनाका सुन्तला खेती गर्दै आएका कृषक भीम थापाले बताउनुभयो । 

बाइस घरधुरीको बसोबास रहेको बास्कुनामा गत वर्ष सुन्तला निकासीबाट रु २२ लाख भित्रिए पनि यो वर्ष एक तिहाइ कम सुन्तला उत्पादन भएको कृषक थापाको भनाइ छ । बास्कुना सुन्तला उत्पादक कृषक समूहका अध्यक्षसमेत रहेका थापाले अघिल्ला वर्षहरुको तुलनामा सुन्तला उत्पादन घटेपछि कृषक निराश बनेको थापाले बताउनुभयो । 

‘‘गत वर्ष आठ ट्रक सुन्तला निर्यात गरेका थियौँ, यो वर्ष मुस्किलले तीन ट्रक उत्पादन भएको अनुमान छ’’ – थापाले भन्नुभयो । 

बास्कुनासँगै भकिम्लीको मरेक र राखुमा समेत सुन्तला उत्पादनमा कमी आएको छ । भकिम्लीको राखुमा सडक सञ्जाल पुगेपछि सुन्तलाको मूल्य राम्रो पाए पनि उत्पादनमा भने कमी आएको सुन्तला खेती गर्दै आएका स्थानीय कृषक बेगबहादुर घर्तीले बताउनुभयो । 

राखुमा पोखराका व्यवसायीले सुन्तला खरिदका लागि कृषकलाई पेस्की दिएर बोटबाटै खरिद गर्ने सुरु गरेका छन् । कुल ५५६ हेक्टर जमिनमा सुन्तलाखेती भएको म्याग्दीको बेनी नगरपालिका, भकिम्ली, पिप्ले, बिम, बरंजा, ताकम, देवीस्थान, ओखरबोट, दाना, हिस्तान, भुरुङ तातोपानी, पात्लेखेत र घार गाविसमा करिब २०० व्यावसायिक सुन्तला बगैँचा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले