मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् । 

मलेसिया, कतार र दुब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् । 

मलेसिया, कतार र दुब"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् पशुपालनबाट मासिक एक लाख कमाइ गर्ने दिलबहादुर

२०७३, ३ मंसिर शुक्रबार ०८:०९

मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् । 

मलेसिया, कतार र दुबईमा एक दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर रु दुई लाख ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् । 

उहाँले तीन रोपनी जग्गामा कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, सुन्तला, केरा र तरकारीखेती गर्नुभएको छ । “विदेशमा सोचेजस्तो कमाइ छैन । त्यहाँ गर्ने दुःख गाउँमै गरे मनग्य आम्दानी गर्न सकिँदो रहेछ,” उहाँले भन्नुभयो । 

अहिले उहाँले रु ३० लाख लगानी गर्नुभएको छ । किसानले कुखुराको दानासमेत बिक्री गर्ने गरेका छन् । जिल्लाका बाबियाचौर, थाइवाङ, भर्जुला, हिँदी, पूर्णगाउँ, पुलाचौरको डडुवालगायत क्षेत्रका मासु पसल र सर्वसाधारणलाई उहाँले मासु बिक्री गर्दैआउनुभएको छ । “आफैँ मालिक र कामदार भएर काम गर्दैआएको छु,” उहाँले भन्नुभयो । 

घर आसपासका क्षेत्रमा खेर गएको जमिनमा अम्रिसो खेतीसमेत गर्नुभएका उहाँले पशुपालन र कृषि पेसालाई सँगै अगाडी बढाउनुभएको छ । आयआर्जनको माध्यम नै कृषि र पशुपालन भएको उहाँको ठम्याइ छ । 

सरकारी सहयोग सुगम क्षेत्रमा मात्र केन्द्रित भएको उहाँको आरोप छ । ग्रामीण क्षेत्रका खेर गएका खेतबारीबाटै पर्याप्त आम्दानी गर्न सक्ने सम्भावना छ । उहाँले गाउँकै अन्य किसानलाई समेत आवश्यक सहयोग गर्दैआउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल