मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् । 

मलेसिया, कतार र दुब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् । 

मलेसिया, कतार र दुब"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् पशुपालनबाट मासिक एक लाख कमाइ गर्ने दिलबहादुर

३ मंसिर २०७३, शुक्रबार ०८:०९

मङ्सिर ३, म्याग्दी । कुहुँ गाविस–५ पैयुँपाटाका दिलबहादुर किसान पुशपालन र कृषि पेसाबाट मासिक एक लाखसम्म कमाइ गर्न थालेका छन् । 

मलेसिया, कतार र दुबईमा एक दशकसम्म काम गरेका किसानले विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्किएर रु दुई लाख ऋण खोजी कृषि र पशुपालन सुरु गरेका हुन् । 

उहाँले तीन रोपनी जग्गामा कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, सुन्तला, केरा र तरकारीखेती गर्नुभएको छ । “विदेशमा सोचेजस्तो कमाइ छैन । त्यहाँ गर्ने दुःख गाउँमै गरे मनग्य आम्दानी गर्न सकिँदो रहेछ,” उहाँले भन्नुभयो । 

अहिले उहाँले रु ३० लाख लगानी गर्नुभएको छ । किसानले कुखुराको दानासमेत बिक्री गर्ने गरेका छन् । जिल्लाका बाबियाचौर, थाइवाङ, भर्जुला, हिँदी, पूर्णगाउँ, पुलाचौरको डडुवालगायत क्षेत्रका मासु पसल र सर्वसाधारणलाई उहाँले मासु बिक्री गर्दैआउनुभएको छ । “आफैँ मालिक र कामदार भएर काम गर्दैआएको छु,” उहाँले भन्नुभयो । 

घर आसपासका क्षेत्रमा खेर गएको जमिनमा अम्रिसो खेतीसमेत गर्नुभएका उहाँले पशुपालन र कृषि पेसालाई सँगै अगाडी बढाउनुभएको छ । आयआर्जनको माध्यम नै कृषि र पशुपालन भएको उहाँको ठम्याइ छ । 

सरकारी सहयोग सुगम क्षेत्रमा मात्र केन्द्रित भएको उहाँको आरोप छ । ग्रामीण क्षेत्रका खेर गएका खेतबारीबाटै पर्याप्त आम्दानी गर्न सक्ने सम्भावना छ । उहाँले गाउँकै अन्य किसानलाई समेत आवश्यक सहयोग गर्दैआउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो