९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिचौलियाका कारण ललितपुरका तरकारी किसान मर्कामा

३ मंसिर २०७३, शुक्रबार ११:५१

मङ्सिर ३, ललितपुर । कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेका छन् । 

राष्ट्रिय कृषि सञ्जालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले बिचौलिया नियन्त्रण नगर्दासम्म किसानले बेच्ने र उपभोक्ताले किन्ने मूल्यका बीचमा भएको अन्तर कम गर्न नसकिने बताए । 

नेपाल कृषि सङ्घका सभापति भानु सिग्देलले किसानले रु २० मा बेचेको तरकारी उपभोक्ताले रु १०० मा किन्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले रु ४० पाउने र उपभोक्ताले रु ६० मा किन्न पाउनुपर्छ ।” बिचौलिया नियन्त्रण नगर्दासम्म समस्या नहट्ने उहाँको भनाइ छ । 

राष्ट्रिय किसान सञ्जाल (क्रान्तिकारी)का सचिव नयन्द्र खड्काले पुँजीवादले त यसलाई सकारात्मक रुपमा हेर्ला तर समाजवादका अनुसार यो तल्लो वर्गमाथिको अन्याय हो भन्नुभयो । 

कृषि विकास मन्त्रालयका सहसचिव लेखनाथ आचार्यले तरकारी आयात कम मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“आगामी एक दुई वर्षमा नै आत्मनिर्भर हुने अवधारणा मन्त्रालयको छ । गत वर्षदेखि लागू भएको कृषि विकास रणनीतिले व्यावसायिक कृषिखेतीलाई जोड दिएको छ । ” 

राष्ट्रिय किसान महासङ्घका महासचिव सीमा रिजालले तरकारीको न्यूनतम बिक्री मूल्य तोक्दा मात्रै किसानलाई सहज हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो