प्रेम सुनार | पुस २६, गुल्मी | यता गुल्मीको सदरमुकाम तम्घासमा महँङ्गो मुल्यको काउली खानु भन्दा आलु र  सोयाविन लगायतको सस्तो .तरकारी खानु किफायत भन्दै विहान वेलुकाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | पुस २६, गुल्मी | यता गुल्मीको सदरमुकाम तम्घासमा महँङ्गो मुल्यको काउली खानु भन्दा आलु र  सोयाविन लगायतको सस्तो .तरकारी खानु किफायत भन्दै विहान वेलुकाक"/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विक्रि नभएपछि टमाटर र काउली गाई भैसीलाई

२०७३, २६ पुष मंगलवार ०५:५९

प्रेम सुनार | पुस २६, गुल्मी | यता गुल्मीको सदरमुकाम तम्घासमा महँङ्गो मुल्यको काउली खानु भन्दा आलु र  सोयाविन लगायतको सस्तो .तरकारी खानु किफायत भन्दै विहान वेलुकाको गुजरा गरी रहेका छन् कतिपय परिवारहरु  । अझ कतिपयले त सधै तरकारी खाँदैनन् । दालकै रसले निर्वाह पनि गर्ने गरेका छन् ।

तर ग्रमिण भेग त्यसमा पनि अस्लेवाको फाँटमा लटरम्म फलेका तरकारीहरु विक्रि हुन नसके पछि यति वेला त्यहाँका किशानहरुको गोठमा गाई भैसी र वाख्राहरुले   काउली  , टमाटर खाई रहेको देख्न सकिन्छ ।

नगलेको, नसडेको ताजा तरकारी त्यसमा पनि फक्रक्क फुल हालेको सेताम्य  काउली  देख्दा बाहिरबाट पुग्ने जो कोहीको मुखै रसाउछ ।

तर त्यहाँका कृषकलाई विक्रि नभए पनि सडाएर फाल्नु भन्दा गाई भैसीलाई खुवाउनु दुख गरेको खेती त्यति कै खेर नगएको महशुस हुने गरेको छ ।

अस्लेवा गाविसमा १० जना ठुला युवा व्यवसायीक किशान छन् । त्यस्तै दर्जनौले सानै लगानीमा भए पनि व्यवसायीक तरकारी  खेती गर्ने गरेका छन् । वार्षिक २० लाख सम्मको तरकारी खेतीबाटै कारोवार गर्दै आएका अस्लेवा ७ का २७ वर्षिय युवा अर्जुन कनौजे यस सिननमा फलेका टमाटर र काउली विक्रि हुन नसक्दा २ लाख रुपैयाँ भन्दा बढि घाटा सहनु परेको गुनासो गर्दछन् ।


भारतिय वजारको प्रभाव

यो सिजन भारतिय कृषि  उत्पादनको सिजन भएकोले त्यसको असर गुल्मी सम्मका नेपाली किशानले भोग्नु परेको कनौजे बताउँ छन् । उनको खेतमा फलेको अर्गानिक काउलीको उत्पादन कष्ट नै प्रति किलो २५ रुपैयाँ पर्दछ ।  तर भारतको काउँली वुटवलका व्यापारिहरुले ९ ÷१० रुपैयाँ प्रति किलो गुल्मीको वजारमा पठाए पछि त्यहाँका किशानको अर्गानिक काउली नविकेको हो ।  तरकारी बढि मात्रमा होटलहरुले खरिद गर्ने हो कनौजे भन्छन् तर होटलहरुलाई अर्गानिक भन्दा जुन सस्तो पर्छ त्यसैमा फाईदा भए पछि हामी संग खरिद गर्दैनन् , भारतिय काउलीको मुल्यमा बेच्दा हाम्रो पर्ता नै उठ्दैन् ।

कनौजेको कृषि फममा  काउली बढ्दै जाँदा ५ किलो सम्मको पुगेर ओईलीदै गएका छन् । टमाटर पनि पाके कुहेर झदैछन् । ति तरकारी सड््नु भन्दा उनले सड्नु अििघ नै टिपेर  एक दर्जन भन्दा बढि भैसी र ८० वटा वाख्राहरुलाई खुवाउने गरेका छन् । उनले तरकारी संगै ठुलै परिमाणमा भैसी र वाख्रा पालन पनि गरेका छन् । खरायो पनि पालेका छन् ।

तिनै पशुको दाना बनेको छ उनको कृषि फममा फलेको तरकारी यति वेला । नाती नाितनीहरुले त्यो मनखत लाग्दो काउली वाख्र भैसी र गाईलाई लगेर खुवाउँदा उनकी ८६ वर्षिया हजुर आमा होमकलाको मन दुख्छ र भकारोबाटै खोसेर दलानमा ल्याँछिन् । चिरेर सुकाउने पनि गरेकी छिन् ।

अहिले सम्म करिव  ५० क्वीन्टल टमाटर र त्यति नै काउली गाई भैसी र बाख्राहरुलाई खुवाएर करिव २ लाख भन्दा बढि क्षति भएको कनौजे बताउँ छन् ।

कनौजे सहित अन्य दश ठुला युवा कृषि  व्यवसायीहरु अस्लेवा ७ का खिमलाल पाण्डे , मुक्तीराम पाण्डे, लक्ष्मण पाण्डे, हेमनाथ पाण्डे , वडा नम्वर ६ का लेखबहादुर पाण्डे, वडा नम्वर २ का यज्ञमुर्ती पाण्डे, महाशर्मा पाण्डे खिम पाण्डे र रोमनाथ पाण्डे पनि तरकारीले उचित वजार नपाए पछि निरुसाहित बनेका छन् । गत वर्ष सम्म त्यहाँका सवै कृषकहरुको तरकारीले राम्रै वजार पाएको थियो ।


कृषिमा विचौलियाहरुकै वोलवाल

हलो कोदालो संग लडदै र पसिना बगाउँदै कृषकहरु उत्पादन गर्ने  र त्यस उत्पादनलााई ठेक्का हान्नने  ठेकेदारहरुले स्थानिय तहमै खपत हुने उत्दानलाई पनि रोक्ने पहुँच बनाएका छन् । कृषक आफैले डोकोमा बोकेर ल्याएको तरकारी र फलफुल बिक्न गाह्रो छ तर ति विचौलियाहरुले गाडीमा खाँदेर ल्याए पछि वजार पाई हाल्छ । त्यसैको परिणाम भोगेका छन अस्लेवा लगायतका गुल्मीका किशासनहरुले पनि ।


गुल्मीकै वलेटक्सारमा रहेको पैचो पसलले पनि गत वर्ष उनै युवा कृषक कनौजे संग करिव ७० लाख मुल्य वरावरको तरकारीको कारोवार गरेको थियो । तर अहिले उसले पनि  सस्तो वजार नै खोजे पछि त्यहाँका किशान मर्कामा परेको बताउँछन् । कृषकहरु आफैले वजार सम्मको पहुँच नबढाए सम्म र कृषि उत्पादनलाई ठेक्का पट्टा ब नहटाए सम्म कृषकरु निरुसाहित हुँदै जाने देखिएको छ ।  

तस्वीरः टमाटर र काउली नविके पछि गाई भैसी र वाख्रालाई खुवाउँदै गरेका अस्लेवाका कृषकहरुको गोठको दृश्य | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने