माघ १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो । 

जिल्ला कृषि विकास कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो । 

जिल्ला कृषि विकास कार्"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोकको थाङ्पालकोट अब अलैँची पकेट क्षेत्र बन्यो

१५ माघ २०७३, शनिबार ०२:४९

माघ १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविसलाई शुक्रबार अलैँची पकेट क्षेत्र घोषणा गरियो । 

जिल्ला कृषि विकास कार्यालय र टालटुलेश्वरी लघु उद्यमी समूह थाङ्पालकोटद्वारा आयोजित घोषणा कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले अलैँची खेतीे निकै विस्तार भएका कारण थाङ्पालकोटलाई अलैँची पकेट क्षेत्र घोषणा गरेको बताउनुभयो । 

उक्त गाविसमा विगत १० वर्षदेखि अलैँचीखेती हँुदै आएको लघु उद्यमी अलैँची समूहका अध्यक्ष दोगदोग तामाङले बताउनुभयो । थाङ्पालकोटमा अलैँची उत्पादन फस्टाउनुका साथै यसको उत्पादनमा क्रमिक वृद्धि भइरहेको यहाँका कृषकले बताएका छन् । उक्त गाविसका धेरै कृषक अलैँची उत्पादनबाट आत्मनिर्भर बनेका छन् । 

थाङ्पालकोटमा मात्रै ९०० रोपनीमा अलैँचीखेती भइरहेको छ । यस जिल्लाका बरुवा, चोकटीलगायतका ठाउँमा समेत अलैँचीखेती हुँदै आएको छ । 

विगत वर्षको तुलनामा यो वर्ष अलैँचीको भाउ घटेको यहाँका किसानले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता