फागुन ७, रसुवा । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, रसुवा । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवामा स्वादिलो आलु रोप्न काम सुरु

२०७३, ७ फाल्गुन शनिबार ०४:२६

फागुन ७, रसुवा । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाकु, राम्चे, धुन्चे, यार्सा, थुमन, वृद्धिम गाविस र भोर्लेको माथिल्लो क्षेत्र गरी कुल खेतीयोग्य जमिनको एक हजार छ सय ३० हेक्टर जमिनमा आलु रोप्न सुरु गरिएको बताउनुभयो । यही फागुन १५ देखि २० गतेभित्र आलु रोप्ने काम सम्पन्न हुने जनाइएको छ । 

हिमाली क्षेत्रमा अत्यधिक चिसोका कारण आलु छिप्पिन समय लाग्ने भएका कारण अहिले रोपिएका आलु साउन १५ उतामात्र खानयोग्य हुन्छ ।

अहिले रोपिएको आलु २१ हजार मेट्रिकटन हुने अनुमान गरिएको बाली संरक्षण अधिकृत राधेश्याम बराइले बताउनुभयो । रसुवामा उत्पादित आलु स्वादिलो हुने भएकाले नुवाकोट र काठमाडौँमा समेत खपत हुने गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि उत्पादन तीव्र बनाउन नमुना क्षेत्रका रुपमा विकसित हुँदै गएको गतलाङ क्षेत्रका २२ अगुवा किसानलाई आवश्यक तालिम प्रदान गरी रोग र किराको प्रकोपबाट बच्न सक्ने क्षमताको ‘पिबिएस’ नामक आलुको बीउसमेत प्रदान गरिएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा