फागुन ७, रसुवा । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, रसुवा । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवामा स्वादिलो आलु रोप्न काम सुरु

७ फाल्गुन २०७३, शनिबार ०४:२६

फागुन ७, रसुवा । चिसोको प्रभाव कम हुन थालेपछि उत्तरी रसुवाका ग्रामीण किसानले वर्षे आलु रोप्न सुरु गरेका छन् । 

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाकु, राम्चे, धुन्चे, यार्सा, थुमन, वृद्धिम गाविस र भोर्लेको माथिल्लो क्षेत्र गरी कुल खेतीयोग्य जमिनको एक हजार छ सय ३० हेक्टर जमिनमा आलु रोप्न सुरु गरिएको बताउनुभयो । यही फागुन १५ देखि २० गतेभित्र आलु रोप्ने काम सम्पन्न हुने जनाइएको छ । 

हिमाली क्षेत्रमा अत्यधिक चिसोका कारण आलु छिप्पिन समय लाग्ने भएका कारण अहिले रोपिएका आलु साउन १५ उतामात्र खानयोग्य हुन्छ ।

अहिले रोपिएको आलु २१ हजार मेट्रिकटन हुने अनुमान गरिएको बाली संरक्षण अधिकृत राधेश्याम बराइले बताउनुभयो । रसुवामा उत्पादित आलु स्वादिलो हुने भएकाले नुवाकोट र काठमाडौँमा समेत खपत हुने गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि उत्पादन तीव्र बनाउन नमुना क्षेत्रका रुपमा विकसित हुँदै गएको गतलाङ क्षेत्रका २२ अगुवा किसानलाई आवश्यक तालिम प्रदान गरी रोग र किराको प्रकोपबाट बच्न सक्ने क्षमताको ‘पिबिएस’ नामक आलुको बीउसमेत प्रदान गरिएको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन