२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तरकारी खेती गरेर सुकुम्बासीबाट मालिक

२०७३, १६ फाल्गुन सोमबार ०९:००

फागुन १६, मोरङ । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेको छ । 

आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्नुहुन्थ्यो । 

अर्काको देशमा मजदुरी गर्दा पनि परिवारको छाक टार्न कठिन भएकाले छ वर्षअघि सुरु गरेको व्यावसायिक तरकारी खेतीले दास परिवारलाई अहिले मालिक मात्र होइन जिल्लामा सबै सामु परिचित समेत गरायो । दास परिवारले अहिले जिल्लामै धेरै तरकारी उत्पादन गर्ने कृषकका रुपमा पहिचान बनाउन सफल भएको छ । 

खेती सुरु गरेको पहिलो वर्ष यामलालले रु दुई लाख नाफा कमाउनुभयो । छ कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गर्नुभएका उहाँले भन्नुभयो – “सुरुदेखि अहिलेसम्म मैले घाटा व्यहोरेको छैन ।” 

अहिले पाँच बिगाहा जमिनमा तरकारी खेती विस्तार भएको छ । मेहनत ग¥यो भने तरकारी खेतीबाटै अहिले वार्षिक रु पाँच लाख आम्दानी गर्न सकिने यामलालको तर्क छ । तरकारी खेतीमा उहाँको परिवारको उत्तिकै साथ छ । 

परिवारको अवस्था एकदमै कमजोर हुँदा गाउँका सबैले हेप्थे । त्यसपछि तरकारी खेती सुरु गरेका उहाँ अहिले तरकारी खेतीकै कारण समाजमा आफ्नो ठूलो इज्जत बढेको बताउनुभयो । यामलाले भन्नुभयो – “तरकारी खेतीले मलाई नमुना कृषकका रुपमा परिचित गरायो ।” 

तरकारी खेतीको आम्दानीबाट दुई बिगाहा खेती र १० कट्ठा घडेरी जोड्नुभएको छ । दास परिवारले सो खेतमा धान, गहुँ, मुसुरो, आलु, पाटा, सुठुनी तथा मौसमअनुसारका सबै तरकारी लगाउने गर्नुहुन्छ । 

जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले भन्नुभयो – “दासजस्तै १० जना कृषक महादेवा गाविसमा हुने हो भने तरकारी उत्पादनमा मोरङ जिल्लालाई धान्ने छ । ” सो कार्यालयले दास परिवारलाई युवा स्वरोजगार कार्यक्रमबाट ६० हजार अनुदान, सिँचाइ कार्यक्रमबाट पम्पसेट, बोरिङ र तरकारी खेती तालिम दिएपछि उहाँ थप हौसिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना