नारायण ढुङ्गाना/असार १३, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नारायण ढुङ्गाना/असार १३, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । 

"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यअसार लाग्यो खेत बाँझै, आकाश हेर्दै किसान

२०७४, १३ असार मंगलवार ०९:५७


नारायण ढुङ्गाना/असार १३, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–७ का गणेश अधिकारीले अघिल्लो वर्ष आजको दिनमा सात, आठ कट्ठा खेतमा रोपाइँ सक्नुभएको थियो । 

यसपालि पर्याप्त पानी नपर्दा उहाँले रोपाइँ गर्न सक्नुभएको छैन । वर्षा नभएकाले नै उहाँले धान रोप्न नसक्नु भएको हो । सिँचाइबाट पानी लगाए रोपाइँ त हुन्थ्यो होला तर खेत नगल्दै रोपेको रोपो दुई तीन दिनमै मर्न थाल्छ भनेर उहाँले वर्षा कुर्नुभएको छ । 

“अहिले रोपेर के गर्नु खेत गलेकै छैन, दुई तीन दिनमा सुख्खा हुने भएकाले रोप्नुको अर्थहुन्न”, अधिकारीले भन्नुभयो – “आकाश हेरेर बसेको छु, खेत गले पछिमात्र रोपाइँ गर्छु ।” तैपनि जेनतेन अन्य क्षेत्रमा भन्दा माडी र पूर्वी चितवनको भण्डारा क्षेत्रमा केही प्रतिशत रोपाइँ भएको छ । अन्नको राजा मानिने धान समयमै नरोपे उत्पादन राम्रो हुँदैन । 

यति महत्वपूर्ण मानिएको धान लगाउने किसानका खेत अहिले बाँझै छन् । यसपालि खोलाको छेउछाउ, सिँचाइकुलो भएको ठाउँ र बोरिङले पानी निकालेको क्षेत्रमा केही रोपाइँ भएको छ । आकाशे पानीको भर नपर्ने भण्डाराको गैरीखेतमा भने रोपाइँ भएको भण्डाराका किसान राजु सेंढाई बताउनुहुन्छ । अन्य क्षेत्रमा पनि रोपाइँ हुन सकेको छैन । 

मध्यअसार लाग्दासम्म चितवनका अधिकांश खेत बाँझै छन् । अहिलेसम्म छ सात प्रतिशतमात्रै रोपाइँ भएको जिल्ला कृषि कार्यालयको तथ्याङ्क छ । पश्चिम चितवनमा बीउ राख्ने क्रम छ । पूर्वी चितवनका धेरै ठाउँमा धानको बीउ रोप्ने बेलाका भइसके । उक्त कार्यालयका योजना शाखा प्रमुख तथा सूचना अधिकारी कमला न्यौपाने यसपालि समयमै पानी नपरेकाले किसान आकाश पर्खेर बसेको बताउनुहुन्छ । दुईदिनअघि चितवनका विभिन्न क्षेत्रमा उहाँ घुम्नुभयो । अधिकांश किसानका खेत बाँझै देखेको न्यौपाने बताउनुहुन्छ । 

पूर्वी चितवनको भण्डाराको राजमार्ग क्षेत्रमा अघिल्लो वर्षको यो समयमा धानका बीउ काढ्ने, खेत रोप्ने, जोत्ने क्रम देखिन्थ्यो । विगतमा खेतखेतमा ट्र्याक्टर कुँदेका हुन्थे । रोपार लामबद्ध भएर रोप्दै गरेका दृष्यले मोहित बनाउँथ्यो । बाउसेले आली सुम्सुम्याइरहेका हुन्थे । अहिले चितवनमा यो दृष्य अहिले यो क्रम फाट्टफुट्टमात्रै छ । 

दिनदिनैजस्तो फाट्टफुट्ट पानी नपरेको पनि होइन तर मूल फुट्ने र खेत गल्ने गरी पानी नै नआएको पश्चिम चितवनको जगतपुरका किसान टीकाराम पौडेल बताउनुहुन्छ । पानी नआएकाले बालीनाली लगाउन किसानलाई समस्या परेको उहाँको भनाइ छ । अहिले हुर्केका बीउ तत्कालै रोपिसक्नुपर्ने हुन्छ । जिल्लामा २२, २४ दिनभन्दा बढीका बीउ राम्रो हुँदैन भनेर किसानलाई जानकारी दिएको सो कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउनुहन्छ । 

छरेका धानको बीउ रोप्ने समय नाघ्न थालेको छ तर आठ–दश दिनसम्म गल्ने अवस्थाको पानी नपरे अहिलेका बीचको उत्पादन राम्रो नआउने उहाँ उल्लेख गर्नुहुन्छ । चितवनमा पछिल्लो समय जग्गा प्लटिङका कारण धानखेती करिब चार, पाँच वर्षको अन्तरालमा ५०० हेक्टर मासिएको छ । धानखेती हुने अन्य केही जमिन माछापालनमा समेत भएको छ । 

यस्तो छ चितवनको रोपाइँको अवस्था 

अहिले मौसम पूर्णरुपमा सक्रिय भएको छैन । चितवनको पूर्वी क्षेत्र राप्ती, खैरहनी, कठार, पिप्ले, भण्डारामा अलिअलि रोपाइँ चलेको छ । दक्षिण माडीमा पनि रोपाइँ हुन थालेका छन् । 

भएका रोपाइँहरु सिँचाइ पर्याप्त भएको ठाउँमा छन् । अहिले वर्षा नहुँदा बीउसमेत छिप्पिने अवस्था हुन लागेको कृषि कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछाने बताउनुहुन्छ । गतवर्ष यो बेला वर्षा राम्रो थियो । गएको वर्ष आजको दिनसम्ममा २२ प्रतिशत रोपाइँ भएको उहाँको भनाइ छ तर आज पूर्वी चितवनमा १२, १५ प्रतिशत रोपाइँ भए पनि जिल्लाको समग्र स्थिति हेर्दा जम्मा सात प्रतिशत रोपाइँ भएको छ । 

जिल्लामा कुल २९ हजार २०० हेक्टरमा बर्खे धान लगाइन्छ । सो कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा वार्षिक एक लाख तीन हजार ५०० मेट्रिक टन बर्खे धान उत्पादन हुन्छ । 

चैतेधान चार हजार ५७५ हेक्टरमा लाग्ने र यसबाट करिब २० हजार मेट्रिक टन धान उतपादन हुँदै आएको छ । जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ब्लक छुट्याएर धाउ उत्पादन गरिँदैछ । जिल्लामा किसानलाई धानखेतीमा आकर्षित गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको कृषि कार्यालयले जनाएको छ । 

यसपालि धानको महत्व दर्शाउँदै खेतीमा आकर्षित गर्न यही असार १५मा चितवनको रत्ननगरमा धान दिवस बनाइने कार्यक्रमसमेत रहेको छ । यस्तै पश्चिम चितवनको देवनगरमा पनि धानदिवस हुने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा