भदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो "/>

2026-09-16 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा करिब पाँच अर्बको दूध उत्पादन

भदौ ३, इलाम । दूध उत्पादनमा अग्रणी जिल्लाका रूपमा कहलिएको यस जिल्लामा अघिल्लो वर्षको तुलनामा दूध उत्पादनमा १.८ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो आव २०७२/०७३ मा एक लाख २१ हजार ५६२ मे.ट. दूध उत्पादन भएकोमा गत वर्ष २०७३/०७४ मा एक लाख २३ हजार ७४० मे.ट. दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालय इलामले जनाएको छ । 

व्यावसायिक गाईपालनमा वृद्धि भएसँगै पाँच वर्षदेखि निरन्तर दूध उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्नु, सरकारी लगानी बढ्दै जानु तथा कृत्रिम गर्भाधानले गाईभैँसीको नश्ल सुधार तथा उन्नत जातका घाँसखेतीले दूध उत्पादनमा वृद्धि भएको हो । 

उत्पादित दूध बिक्रीबाट जिल्लामा यो वर्ष रु चार अर्ब ७० करोड ६१ लाख भित्रिएको छ । दैनिक ३६ हजारदेखि ४० हजार लिटर दूध विराटनगरस्थित दुग्ध वितरण संस्थानमा बिक्री हुँदै आएको कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले जानकारी दिनुभयो । 

त्यस्तै निजीस्तरबाट दैनिक २० हजार लिटर दूध झापा, विराटनगर, इटहरी बिक्री हुन्छ । जिल्लाका ५५ हजारभन्दा बढी किसानले व्यावसायिक गाई तथा भैँसीपालन गर्दै आएका छन् । 

पशुआहाराका लागि किसानले टिओसेन्टी, जै, बर्सिम, भेज, नेपियर, सिटेरिया जातका उन्नत घाँस लगाएका छन् । इलाममा दूध सरदर रु ३८ देखि ४५ प्रतिलिटरले बिक्री हुने गरेको छ । दुग्ध विकास संस्थानले जिल्लाका बिब्ल्याँटे, पूवाखोला, शान्तिडाँडा, लक्ष्मीपुर, तीनघरे र फिक्कल तथा कुट्टीडाँडालगायत १६ वटा दुग्ध चिस्यान केन्द्रबाट दूध ढुवानी गर्दै आएको छ । 

जिल्लाका ग्रामीण भेगमा उत्पादित दूध स्थानीय डेरी उद्योग, सहकारी संस्था र त्यस्ता क्षेत्रमा खुलिएका निजी तथा सहकारी कारखाना, ललीपप उद्योग र निजीस्तरका डेरीले किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएका छन् । 

घरेलु तथा साना उद्योग विकास समिति इलामका अनुसार जिल्लामा १०० वटा छुर्पी, नौवटा ललीपप, चीज २४, एक आइस्क्रिम र दुई वटा ठूला डेरी उद्योग सञ्चालनमा छन् । 

यीबाहेक दर्ता नभई पनि जिल्लामा दर्जनभन्दा बढी डेरी उद्योग समेत सञ्चालन भइरहेका छन् । ती उद्योगमा वार्षिक रु ८५ करोडभन्दा बढीको दूधजन्य परिकारको कारोबार भएको छ । 

दूधबाट निर्मित घ्यू प्रतिकिलो रु ५००, छुर्पी रु ८००, ललीपप प्रतिकिलो रु १० हजारमा बिक्री हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना