भदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको "/>

2026-10-06 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा च्याउ खेतीबाट मासिक एक लाख आम्दानी गर्दै ३२ बर्षीय युवा


भदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ । 

चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रुपमा च्याउ खेतीमा लाग्नुभएको हो । उनीहरुले आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । सामान्य रुपमा बस्नेत दाजुभाइले १८ वर्षदेखि च्याउ खेती गर्दै आएका हुन् । 

बस्नेत दाजुभाइले रु एक हजारको लागतबाट च्याउ खेती शुरु गरेका हुन् । यतिबेला उनीहरुको लगानी रु एक करोड पुगेको छ । उहाँहरुले च्याउ बिक्रीका लागि दुईवटा गाडी समेत किन्नु भएको छ । 

“दैनिक ३०० किलोदेखि ५०० किलोसम्म च्याउ उत्पादन हुन्छ,” देवेन्द्रले भन्नुभयो । बस्नेत दाजुभाइले च्याउका साथै बीउ समेत उत्पादन गरी बिक्री गर्दै आउनु भएको छ । 

उहाँहरुले दैनिक काठमाडौँ, पोखरा, हटौँडा, महेन्द्रनगर, दाङसहित पूर्वका अधिकांश स्थानमा च्याउको बीउ बिक्रीका लागि पठाउने गर्नुभएको छ । कन्यू, डल्ले, सिताके, हवाइट मिल्के र पिङ्क च्याउ उत्पादन गर्दै आएको देवेन्द्रले बताउनुभयो । 

दश कठ्ठा आफ्नै जग्गामा च्याउ खेती गर्दै आएका बस्नेत दाजुभाइले २५ जनालाई रोजगारी समेत दिनुभएको छ । च्याउ प्रतिकिलो खुद्रा रु २०० मा बिक्री हुन्छ । उहाँहरुले पूर्वाञ्चलमै पहिलो पटक च्याउ उमाल्ने प्रविधिको प्रयोग गर्नुभएको छ । सो प्रविधिबाट एकै पटकमा ६ वटा ड्रममा पराल उमाल्न सकिन्छ । सो प्रबिधिबाट ७० प्रतिशतसम्म इन्धन बचत गर्न सकिने देवेन्द्रको भनाइ छ । 

च्याउलाई दुईदेखि तीन दिनसम्म राख्न सकिने ¥यापिङ मेसिन नहुँदा उत्पादित च्याउलाई भण्डारण गर्न नसकेको अर्का व्यवसायी गोपालले भन्नुभयो । गोपाल चार वर्ष साउदी अरबमा मजदुरी गरेर फर्किनु भएको हो । “अहिलेसम्म सरकारी अनुदान पाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो