भदौ १४,बनेपा। काभ्रेपलाञ्चोकमा ऊन उत्पादन केही वर्षदेखि घट्दै गएको छ । 

पछिल्लो समय कृषक भेडापालन छोडेर बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका कारण ऊन उत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४,बनेपा। काभ्रेपलाञ्चोकमा ऊन उत्पादन केही वर्षदेखि घट्दै गएको छ । 

पछिल्लो समय कृषक भेडापालन छोडेर बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका कारण ऊन उत"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा ऊन उत्पादन घट्दै

१४ भाद्र २०७४, बुधबार ०९:२८

भदौ १४,बनेपा। काभ्रेपलाञ्चोकमा ऊन उत्पादन केही वर्षदेखि घट्दै गएको छ । 

पछिल्लो समय कृषक भेडापालन छोडेर बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका कारण ऊन उत्पादनमा कमी आएको हो । जिल्लामा आर्थिक वर्ष २०६८/६९ मा ३.४१ मेट्रिक टन भेडाको ऊन उत्पादन भएकामा आव २०७३/७४ मा १.३ मेट्रिक टन मात्र ऊन उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । 

पाँचखाल, उग्रचण्डीनाला, धुलिखेलको खडपु लगायतका क्षेत्रमा कृषकले भेडापालन गरिरहेका जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो । कार्यालयले विगत वर्षमा भेडाको संरक्षण र संवद्र्धनका लागि ‘थुमा’ वितरण गरेको थियो । जिल्लामा भेडाको व्यावसायिक उत्पादन, संरक्षण तथा संवद्र्धनका लागि सरकारी कार्यक्रम नभएको उहाँले बताउनुभयो । 

“जिल्लामा कतिको संख्यामा भेडापालन गरिएको छ भन्ने तथ्याङ्क छैन,” उहाँले भन्नुभयो । भेडाको बोकालाई थुमा भनिन्छ । अहिले यस सम्बन्धी कुनै पनि कार्यक्रम कार्यालयसँग छैन । नागरिकले मासु मन नपराएका कारण तथा गुणस्तरीय ऊन उत्पादन गर्न नसक्दा भेडापालन घट्दै गएको सापकोटाको भनाइ छ । 

ऊन कृषकका लागि आम्दानीको दरिलो स्रोत मानिन्छ । भेडाको ऊन विभिन्न लुगा, राडीपाखीका लागि प्रख्यात मानिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य