२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पर्वतमा धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिइने

१५ कार्तिक २०८२, शुक्रबार १५:३८

काठमाडौँ | किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पु¥याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका किसानले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको हो ।

गाउँपालिकाले वर्षा रोकिएलगत्तै क्षतिको यथार्थ विवरण सङ्कलन गर्नका लागि प्रक्रिया अघि बढाउने र क्षतिको मूल्याङ्कनका आधारमा राहत उपलव्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिनुभयो ।

“मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “धान परालमा भएको नोक्सानीको मूल्याङ्कन गरी राहत रकम भुक्तानी गर्ने योजना बनाएका छौँ । यसले गर्दा कृषकले फेरि धान वा अन्य अन्न खरिद गरेर खान सकून् भन्ने पालिकाको उद्देश्य हो ।”

कृषि ज्ञान केन्द्रले पर्वतका सातवटै स्थानीय तहमा धानबालीमा वर्षाले क्षति पु¥याएको जनाएको छ । कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले हाइब्रिड धान पाकिसकेकाले काटेको र खेतका गरामा नै भिजेको भनेर केही कृषकले जानकारी गराएको बताउनुभयो । काटेर सुकाएका निहिन भिजाएकोभन्दा हावाले ढलाएका सूचना बढी आएको र त्यसमा पनि स्थानीय जातका धानमा बढी क्षति भएको किसानले बताएको सुवेदीको भनाइ छ ।

नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको तर पूरै पाकेको धान भने झर्न सक्ने उहाँको भनाइ छ । सुवेदीले मौसमको आगामी अवस्थाका बारेमा जानकारी लिएर मात्रै धान काट्नुपर्ने बताउँदै क्षतिको विवरण सङ्कलनको काम भइरहेकाले अहिले नै यकिन तथ्याङ्क आइनसकेको बताउनुभयो । उहाँले किसानलाई क्षतिपूर्तिका लागि केन्द्रले पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ