२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चीनको टोली गुल्मीमा कृषि क्षेत्रको अध्ययन लागि आउँदै

२६ आश्विन २०७४, बिहीबार ०२:५७

असोज २६, गुल्मी । गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ । 

नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि भोलि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ का सचिव दीनानाथ पौड्यालले जानकारी दिनुभयो । 

साथै, सचिव पौड्यालले भन्नुभयो, “उक्त दिन कृषि उत्पादनको संकलन तथा प्रदर्शन कार्यक्रम भएको हुँदा आआफ्नो गाउँघर तथा छरछिमेकमा कृषकले उत्पादन गरेका कृषिउपज तथा उत्पादित वस्तुलाई कृषि प्रदर्शनीमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृतसमेत गरिने फार्मका सचिव पौड्यालले जानकारी दिनुभयो । 

यता नेपाली काँग्रेसका युवा नेता दामोदर भुसालले भन्नुभयो, “टोलीले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउने भएको हो ।” 

उक्त अध्ययनका लागि चीनका आठजना विशेषज्ञसहितको टोली आउनेसमेत नेता भुसालले जानकारी दिनुभयो । 

चीन सरकारले उपलब्ध गराएको छात्रबृत्तिमा विद्यावारिधि गर्दै गरेका युवा नेता भुसालको विशेष पहल तथा त्रिवि वनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकीकृत कृषि फार्म मुसिकोट–१ को समन्वयमा चीन सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्चस्तरीय टोली गुल्मी तथा बाग्लुङको पौदी क्षेत्रमा अनुसन्धान, परीक्षण तथा सम्भाव्यता अध्ययनका लागि आउन लागेको भुसालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४