२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मोटर बाटो खन्दा कुलो पुरिएपछि सामाचौरको सयौं रोपनी खेत बाँझै

१० कार्तिक २०७४, शुक्रबार १२:२१

प्रेम सुनार/कात्तिक १०, गुल्मी ।  यति वेला जताततै धान पाकेर पहँलपुर र सुन्दरभई रहेको बेला गुल्मीको सामाचौर फाँट भने सिचाईको अभावमा बाँझै रहँदा झार र बन्सो उम्रीएर कुरुप बनेको छ  । 

मोटरबाटोको स्तरबृद्धि गर्ने क्रममा  कुलो पुरिए पछि हजारौं मुरी धान फल्ने  सामाचार फाँटको सयौं मुरी खेत यस वर्ष कृषकहरुले बाँझै राख्नु परेको हो । ईस्मागाउँपालिका वडा नम्वर–२ , हस्तीचौरको सामाचौर फाँट छल्दी पनाह रातडाँडा सडक खण्डको विचमा पर्ने रातचौरमा डोजरले सडक फाराकिलो पार्ने क्रममा तल रहेको कुलो पुरेपछि  कृषकहरु ठुलो मर्कामा परेका छन । 


 खेत धनी मध्येका कर्णबहादुर पाण्डे भन्छन्–‘मरो मात्रै ६५ मुरी धान फल्ने १० रोपन खेत बाँझै छ खतम पा¥यो मोटर बाटोले सञ्चार माध्यमले जोडदार ढंगले उठाई दिनु प¥यो । ’ 

उनका अनुसार १५ जना भन्दा बढि कृषकहरुको सयौं रोपनी खेत यसपाली बाँझै रहेको छ । त्यसमा ६ हजार मुरी भन्दा बढि धान फल्ने गर्दथ्यो ।  त्यति नै मात्रमा मकै  , गहुँ र तरकारी समेत उव्जेनी हुन्थ्यो । अर्का कृषक प्रेमलाल मरासनीले आफ्नो तिन रोपनी खेतमा १७ मुरी धान फल्ने गरेको तर अहिले केहि गरामा कोदो रोपेको र अरु सवै बाँझै रहेको दुख ब्यक्त गरे ।

अन्य कृषक होमलाल मरासनीनी, रामबहादुर कुँवर, देवबहादुर पाण्डे, विष्णुकुमारी पाण्डे, बुद्ध सिंह खत्री , सन्तबहादुर नेपाली , दलविर मुखिया, रणबहादुर जिसीका चार भाई छोराहरु , विष्णुबहादुर पाण्डेका छोराहरु लगायतका कृषकहरु यस वर्ष ठुलो मर्कामा परेका छन् । 

छलदी पनाह देखि रातडाँडा हुँदै ईन्द्रगौडा सम्म सडक फराकीले गर्दै पिच हुन लागेको उक्त सडक र भाडगाउँ सामाचौर जोड्ने पक्की पुल बनाउँदा त्यहाँका कृषकहरुले सदियौं देखि सिंचाई गर्दै आएको कुलो नष्ट पारे पछि पुनरनिर्माणमा समेत ति कृषकहरुले लाखौं खर्च गर्नु पर्ने भएको छ ।

एउटै गरामा ३५ मुरी धान फल्ने समथल र सुन्दर  फाँटका रुपमा प्रशिद्ध सामाचौर फाँटको १५ जना  जना भन्दा बढि कृषकहरुको  खेत यसपालि बाँझै रहँदा अनिकालको समस्या  खेप्ने भएका छन् ।  कतिपय कृषक धान स्याहर्ने चाँजोपाँजोमा छन् तर सामाचौर फाँटका कृषकहरुको खेतमा भने एकादुई जनाले कोदो रोपेका छन अरु सवै बाँझै रहेको छ ।

पक्की पुल निर्माण कम्पनीले  आफुले क्षति भएको स्थानमा कुलो बनाई दिने बताए पनि पुल सम्पन्न गरी सके पछि सम्पर्कमा ननआएको पिडित कृषकहरुले बताएका छन् । उक्त सडक निर्माणको जिम्मा पाएको तम्घास सिमलटारी प्युठान सडक आयोजना  संग ति  पिडित कृषकहरुको मर्का बारे ध्यानकृष्ट गराई दिदा आयोजना प्रमुख सुजन अधिकारीले निर्माण व्यवसायीलाई भनेर कुलोमा पसेको माटो ढुङ्गा हटाउन लगाई दिने तर क्षतिपुर्ति भने दिन नसकिने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…