2026-08-31 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा यसकारण धान उत्पादनमा कमी आयो

मङ्सिर २९, चितवन । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । 

जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । 

यसवर्ष ९७ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष एक लाख दुई हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा २९ हजार २०० हेक्टर क्षेत्रलफलमा धानखेती गरिएको थियो । 

साउनको अन्तिमसाता आएको बाढीका कारण २०० हेक्टर क्षेत्रलफलमा लगाएको धानखेती कटान र डुबानमा परेपछि उत्पादनमा कमी आएको कार्यालयका प्राविधिक नोदनाथ लामिछानेले बताउनुभयो । वर्षातसँगै धानमा देखिएको पहेँलो रोगका कारण उत्पादनमा कमी आएको उहाँले बताउनुभयो । 

तीन दशमलब ६ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि ३.३६ प्रतिशत मात्र धान उत्पादन भएको लामिछानेले बताउनुभयो । डुबान र कटानले क्षेत्रफल घटाएको थियो भने रोगले उत्पादकत्वमा कमी ल्याएको थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ