२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गुल्मीमा यस वर्ष सुन्तलाबाट झण्डै पाँच करोड घाटा

५ पुष २०७४, बुधबार १२:१३

प्रेम सुनार | पुस ५, गुल्मी | कृषि क्षेत्रमा कफी पछि अर्को मुख्य नगद आम्दानीको  श्रोत मानिने सुन्तला खेतीको उत्पादन यस वर्ष  गुल्मीमा निरासजन  देखिएको छ ।  गत वर्ष पाकेको सुन्तला  कृषकहरुले  ढिलो टिपेको , फुल हाल्ने वेलामा खडेरी परेको , फुल पनि पातलो मात्रमा फक्रिएको  त्यस माथी पतेरो नामक किराले फुलको रश चुसेर दाना पर्ने वेलामा केस्रा चाउरी परेका कारण यसपाली गुल्मीमा सुन्तला उत्पादन निरासजनक अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका सहित १२ वटै स्थानिय तहमा कार्यरत कृषि सेवा केन्द्र संग बुझ्दा यस वर्ष सुन्तला उत्पादनमा १५  देखि ५० प्रतिशत सम्मको कमी आएको जानकाी दिए । मालिका गाउँपालिका जिल्लको सवै भन्दा कम सुन्तला  फल्ने थलो हो । जहाँ सुन्तलाको वोट कमै मात्रमा देखिन्छ त्यसकाण पनि यसपाली सुन्तला खेतीको लेखाजोखा नै गर्न नपर्ने अवस्था आएको त्यस गाउँपालिका प्राविधिक सहायक विजयकुमार शाहले बताए । 

मदाने गाउँपालिका कृषि प्राविधिक सेवा केन्द्रकी प्रमुख प्राविधिक सहयाक फुलनदेवि चौथरीले त्यस गाउँपालिकामा विगतको तुलनामा यस वर्ष ४० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको बताईन् । ‘हामीले गत वर्ष १७ हजार सम्मको सुन्तला बेचेका कृषकलाई सोध्यौं यसपाली बढिमा ८ हजारको मात्रै बेचिएला भने । २५ हजार सम्मको सुन्तला गत वर्ष बेचेकाहलाई सोध्धा  १५ हजार सम्मको यसपाली बेच्ने पाईयो’– चौधरीले भनिन–‘यस वर्ष यहाँ सरदर ४० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको छ ।’ 

ईस्मागाउँपालिकाका प्राविधिक सहायक उदयबहादु पाख्री  संग सम्पर्क हुन सकेन तर स्थानिय कृषकहरुलाई सोध्धा त्यहाँ यसपाली रहर लाग्दो सुन्तलाको दाना टिप्न पनि  नपाईएको  प्रतिकृया दिए । सुन्तलाको पकेट क्षेत्र मानिने धुर्कोट गाउँपालिका अन्तरगतको नयाँगाउँ, पिपलधारा , हाडहाडे , धुर्कोट रजस्थल , वस्तु  र वाग्लामा यस वर्ष २५ देखि ३० प्रतिशतको हाराहारीमा सुन्तला उत्पादनमा कमी आएको त्यस गाउँपालिकाका प्राविधिक सहायक रामबहादुर रामयमाझीले जानकारी दिए । 

मुसिकोट नगरपालिका अन्तरगत सवै भन्दा बढि सुन्तला फल्ने वडा नम्वर अर्लाङ्गकोटको ददल्का हो । गत वर्ष सम्म त्यसै गाउँबाट वर्षेन ६  मेट्रिक टन  सुन्तला अर्थात करिव ३० लाख सम्मको कारोवार गर्ने युवा हुन सु्धन खरेल । उनि संग सम्पर्क राख्दा यसपाली ३० देखि ३५ प्रतिशतको उत्पादनमा कमी आएको बताए । त्यसै गाउँका  घनश्याम ढकाल जसका सय वटा सुन्तलाका वोटहरु छन् , उनकै छिमेकी धनप्रसाद ढकालका २ सय वोट छन् । तारानाथ खरेलका पनि २ सय वोट छन् । गनेन्द्र खरेलका २ सय ५० र भिम भण्डारीका सवै भन्दा बढि ४ सय वोटहरु छन् । गत वर्ष सम्म लटरम्म ठुल–ठुला दाना फल्ने उनिहरुको सुन्तला बगैचा यति वेला निराजनक छ । 

उनिहरु विगतका वार्षिक २ लाख देखि डेढ लाख सम्म आम्दानी लिने कृषकहरु हुन तर अहिले करिव ३५ प्रतिशत नोक्सानी सहँदै छन् । सुन्तला व्यापारी भएकोले आफ्नो उपनाम नै सुन्तलावाला राखेका सुधन खरेले यस वर्ष त्यस गाउँबाट मात्रै विगतको तुलनामा ९ लाख मुल्य कमको सुन्तला निर्यात गर्दै छन् ।  मुसिकोट नगरपालिकाकी प्राविधिक सहायक चन्द्रकुमार राई संग सम्पर्क राख्दा उनले आफ्नो कार्य क्षेत्र पौदीअमराई , नेटामा यस वर्ष एकदमै कम सुन्तला फलेकोले प्रतिशतमा गणना गर्ने अवस्था नरहेको बताईन् ।

सुन्तलाको अर्को पकेट क्षेत्र साविकको अर्खले  गाविस सहितको रेसुङ्गा नगरपालिकाका प्राविधिक सहायक चेतनारायण पन्थीले  यस वर्ष करिव ५० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको बताए ।  यसै नगरपालिका संग जोडिएको गुल्मी दरवार गाउँपालिकाका प्राविधिक सहायक नर  बड् संग सम्पर्क राख्दा उनले त्यस गाउँपालिकामा करिव ३० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको जानकारी दिए । छत्रकोट गाउँपालिकाका प्राविधिक सहायक शिव बञ्जाडे संग सम्पर्क राख्दा मुख्य पकेट क्षेत्र मानिएको हुँगा , हर्दिनेटा र दिगाममा आफुले हेर्ने गरेका ेर त्यहाँ यस वर्ष १५ देखि २० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको बताए । 

उता सत्यवती गाउँपालिकाको लिम्घा, भार्से र ठुलोलुम्पेकमा मात्र केहि सुन्तललाहरु फल्ने जानकारी दिए त्यस गाउँपालिकाका प्राविधिक सहायक मुक्तिप्रसाद भण्डारीले १५ देखि २० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको जानकाी दिए । चन्द्रकोट गाउँपालिकाका प्राविधिक सहायक  संजयकुमार महतो संग सम्पर्क हुन सकेन तर स्थानिय कृषकहलाई सम्पर्क राख्दा पोहर सालको तुलनमा दोब्वर कम सुन्तला फलेको बताए ।  जिल्लाका पुर्वी अन्तिम गाउँपालिका कालिगण्डकीका प्राविधिक सहायक ताराप्रुसाद चापागाईले  त्यस गाउँपालिकामा  २५ प्रतिशत सुन्तला उत्पादनमा कमी आएको बताउँ छन् । 

जिल्लाका १२ वटै स्थानिय  तहको अवस्था बुझ्दा यस वर्ष गुल्मीमा औसत ३० प्रतिशत सुन्तला उत्पादनमा कमी आएको आंकलन गरिएको छ ।  जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक दोमलाल भुसालका अनुसार स्थानिय निकाय सञ्चालनमा नआउनु पुर्वको ढाँचामा यस वर्ष त्यस कार्यालयले विवरण दिन सक्दैन् ।   उनले गत वर्ष जिल्लाभरको सुन्तला उत्पादनको  विवराण अनुसार ३  हजार १ सय ६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसको थोक मुल्य प्रति किलो ५० रुपैयाँका दरले  गणना गर्दा गत वर्ष गुल्मीमा १५ करोड ५३ लाख मुल्य वरावरको सुन्तला उत्पादन भएको थियो ।

अहिले  ३०  प्रतिशत कम उत्पादनलाई  प्रति किलो ५० रुपैयाँकै दरले  घटाउँदा पनि ४ करोड ६५ लाख ९० हजार रुपैयाँ यस वर्ष गुल्मीमा सुन्तलाबाट कृषकहरुले कुला घाट सहनु परेको हुन आउँछ् ।  विगतका वर्षहरुमा यति वेला सदरमुकामका चौरहरु सुन्तला व्यापारीहरुको  पसलले खचाखच हुन्थे । चोक गल्लीहरुमा सुन्तला व्यापारी र ग्राहकहको भिडले भरिन्थ्यो तर अहिले एकाधा स्थानमा वाहेक त्यस्तो भिड देखिन्न । देख्दै टिपेर  गाउँ जस्ता नयाँगाउँ , पिलधारा , हाडहाडे,  भाडगाउँ  र वालकाटेका सुन्तला अहिले आँखै नपर्ने खालका छन् । 

स–साना दाना , चाउरी परे जस्ता  देखिनुले सुन्तलामा यति वेला ग्राहक आकषर्ण  घट्दो देखिन्छ भने त्यसको सट्टा बदाम किनेर चौरमा घाम तापेको देखिन्छ मानिसहरुले ।  स्थानिय तहको संरचना नबनुञ्जेल सम्म जिल्ला कृषि विकास कार्यालयले जिल्लाको तिन वटा स्थानलाई मुख्य पकेट क्षेत्रमा विभाजन गरेर सुन्तला उत्पादनलाई बढवा दिएको थियो ।  पकेट क्षेत्र नम्वर १ मा साविकको दिगाम, , विरवास , हर्दिनेटा  र गौडाकाट बनाईएको थियो । जहाँ कुल २०१ हेक्ट मध्ये उत्पादनशिल ३३ हेक्टर थियो । पर्केट क्षेत्र २ साविकको नयाँगाउँ, पिलधारा , हाडहाडे , भनभने र अर्खले थियो । 

जहाँ ३ सय ५६  हेक्टर मध्ये ७८.२ हेक्टरमा उत्पादन हुन्थ्यो । पकेट क्षेत्र ३ हर्मिचौर, अर्वेनी , जयखानी  र अर्लाङ्गकोट थियो । जहाँ १ सय ४० हेक्टर मध्ये २७ हेक्टर उत्पादनशिल थियो । जिल्लाको सुन्तला पकेट क्षेत्र कुल ६ सय ९७  र उत्पादनशिल १ सय ३८ रहेको प्राविधिक सहायक  दोमलाल भुसालले जानकारी दिए ।  साधरण समेत गरी कुल १२ सय ५३ हेक्टर कुल उत्पादनशिल ३४९.५ हेक्टर रहेको उनले बताए ।  जिल्ला कृषि विकास कार्यालय देखि नगर हरेक गाउँपालिका भित्र यस वर्ष सुन्तला उत्पानमा कमी आउनुको एउटै कारण सुरुमा उल्लेख गरिए जस्तै रहेको छ । गुल्मीमा यो सिजनमा वजामा  प्रति किलो ८० रुपैयाँ देखि १ सय २० सम्म सुन्तलाको  मुल्य रहेको छ भने थोकमा बेच्ने कृषकहरुले ५० देखि  ६० रुपैयाँ प्रति किलो पाउने गरेका छन् । 

तस्वीरमा: विगतका जस्ता रशिला र ठुला  सुन्तला कतै नदेखिए पछि सवै भन्दा ठुला छानेर खिचिएको एक तस्वीरः जसमा विगतमा देखिने सुन्तलाहरु मध्ये सवै भन्दा साना हुन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…