2026-09-16 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

अलैँचीको मूल्य अब एसएमएसबाट नै प्राप्त

पुस १०, इलाम । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । 

अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । 

उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन् । तर यो व्यवस्था धेरै किसानलाई जानकारी नै छैन । मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई षब बअज दतm लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ । 

अलैँचीको मुख्य कारोबार हुने झापाको बिर्तामोडमा प्रचलित बजार मूल्यका बारेमा थाहा पाइने र षब बअज लेखेर ३४००१ पठाएमा इलाममा रहेको प्रचलित मूल्य थाहा पाउने प्रावधान रहेको अलैँची विकास केन्द्रका वरिष्ठ प्राविधिक अञ्जनीकुमार न्यौपानेले बताउनुभयो । 

किसानले थाहा पाउन बजारै गएर बुझ्नुपर्ने झन्झटबाट मुक्त भइने र बेला बखतमा आफूहरु निक्कै ठगिएको महसुस हुने गरे पनि यस समस्याको केही हदसम्म समाधान भएको रोङ गाउँपालिका– ६ रम्भ्याङ्गका किसान श्याम आचार्यको भनाइ रहेको छ । 

तथापि अलैँची व्यवसायी महासंघले गरेको मूल्य जानकारीको प्रावधान किसानको हितमा नै रहेको किसानको भनाइ रहेको छ । बजारमा पनि अलैँचीको मूल्य व्यापारीले आफूखुशी तोक्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल