पुस  २८, गुल्मी, (रासस) | गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । 


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस  २८, गुल्मी, (रासस) | गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । 


२८ पुष २०८२, सोमबार
कृषि गतिबिधी

छोटो अवधिमै रु ४४ लाखको कारोबार

२८ पुष २०७४, शुक्रबार ०६:१९

पुस  २८, गुल्मी, (रासस) | गुल्मीको एक कृषि सहकारी संस्थाले आफ्नो स्थापनाकालको छोटो समयमा नै राम्रो आर्थिक कारोबार गरेको छ । 


मुसिकोट नगरपालिका–१, अरेवामा रहेको पौदीअरेवा कृषि सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभासम्म आइपुग्दा रु ४३ लाख ९७ हजारको आर्थिक कारोबार गर्दै आएको संस्थाका अध्यक्ष जीतबहादुर पाठकले बताउनु भएको छ । 

विसं २०७० मा ३० कृषक मिलेर शुरुवात गरिएको कृषि सहकारी संस्थामा हालसम्म ११३ जना शेयर सदस्य रहेका छन ्। । संस्थाले विविध कृषि र पशुजन्य कामका लागि सदस्यलाई एक लाखसम्म ऋण प्रदान गर्दै आएको छ भने साधारण सभामा कृषि सहकारीले शेयर सदस्यमध्येबाट कृषि तथा पशुपालन गर्ने दुईजना उत्कृष्ट अगुवा कृषकलाई प्रोत्साहनस्वरुप सम्मानसमेत गरेको थियो । 

साथै, कृषि सहकारीले कक्षा आठ र एसएलसीमा उत्कृष्ट अंक ल्याउने तीनजना शेयर सदस्यका छोराछोरीलाई समेत नगद पुस्कारले सम्मान गरेको थियोे । चौथो साधारण सभाबाट कृषि सहकारी संस्थाले आफ्नो प्रस्तावित कार्यक्रममा सहकारीमार्फत सुत्केरी भत्ता, मृत्यु संस्कार सहयोग र स्वास्थ्य उपचार कोष जस्ता थप नयाँ कार्यक्रम कृषि सहकारीमार्फत अगाडि बढाउने संस्थाका संस्थापक बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । 

––– 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…