१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपनमा जनता स्वास्थ्य केन्द्र बनाउन पहल भैरहेको छ: गगन थापा

१० माघ २०७४, बुधबार ०६:४९

माघ १०, काठमाडौँ |  प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिका, कपन क्षेत्रमा दुईवटा ‘जनता स्वास्थ्य केन्द्र’ स्थापना गर्न पहल भइरहेको बताउनुभएको छ । 

नगरपालिका–१०, कपन, नीलोपुल, प्रगतिनगरका बासिन्दालाई निर्वाचनमा विजयी गराएबापत धन्यवाद ज्ञापन गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले सो केन्द्रका लागि आफ्नो पहलमा नगरपालिकामा रु ८८ लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो । 

नेपाली काँग्रेसका नेता थापाले कपन क्षेत्रमा हाल ६५ वटा बाटो बनिरहेको जानकारी दिँदै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आफ्नो अभियान जारी नै रहने बताउनुभयो । 

सो अवसरमा नीलोपुल टोल सुधार समितिका अध्यक्ष रामजी खड्का, स्थानीय बासिन्दा रत्न ज्ञवाली, हेमन्त पराजुली, विना सुवेदी, शशी पौड्याललगायतले स्थानीय खानेपानीका समस्या, बिजुलीका खम्बाको व्यवस्थापन, काँग्रेसको संगठन वृद्धिजस्ता विषयमा उहाँलाई अवगत गराएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार