२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पाँचखालमा विषादी न्यूनीकरण अभियान हुदै

२०७४, १० माघ बुधबार ०९:०३

माघ १०, बनेपा | काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ । 

‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ । 

वातावरणमैत्री दिगो कृषिको अवधारणा स्थापित गरी रासायनिक मलको प्रयोगमा ९० प्रतिशतले कमी ल्याइने लबग्रिन नेपालका कार्यक्रम निर्देशक नारायण ज्ञवालीले बताउनुभयो । उहाँले दिगो कृषि, दिगो पशुपालन र वातावरण संरक्षणमा जोड दिँदै रु चार करोड ८५ लाख १६ हजारको बजेट निर्माण भएको जानकारी दिनुभयो । 

“हामी पाँचखाल नगरपालिकाको रासायनिकमा आधारित कृषि अभ्यासलाई रसायनरहित र वातावरणमैत्री दिगो कृषि अभ्यासमा रुपान्तरण गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो । विषादी न्यूनीकरण अभियानअन्तर्गत आइपिएम कृषक पाठशाला सञ्चालन, आइपिएम प्रदर्शनीस्थल निर्माण तथा व्यवस्थापन, पशुमूत्र सङ्कलन, आधारभूत पशुपालन व्यवस्थापन तालीम, उन्नत् घाँसको उत्पादन, माटो परीक्षण प्रयोगशाला स्थापनामा सहयोगलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने बताइएको छ । यस कार्यक्रमबाट ६०० कृषक लाभान्वित हुनेछन् । 

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले माटोको व्यवस्थापन र विषादी न्यूनीकरणको विषय सबैको साझा र चासोको विषय भएको बताउनुभयो । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विषादी न्यूनीकरणका लागि विषादी मापनयन्त्रलाई भित्र्याउन लागिएको जानकारी दिँदै भू–संरक्षण नीति ल्याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो–“मापनयन्त्र आएपछि विषादी प्रयोग भएको तरकारीको उत्पादन बजारमा जान पाउने छैन ।” उक्त कार्यक्रम नगरपालिकाको दुईवटा वडा बाहेक सबैमा लागू हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्