२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पनौतीमा सम्पदाको संरक्षण अभियान शुरु

२०७४, १४ माघ आईतवार ०७:११

माघ १४, बनेपा | काभ्रेपलाञ्चोकस्थित पनौतीको सांस्कृतिक पहिचान, ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्ने अभियान शुरु भएको छ । 

पनौती गोरखनाथ युवा क्लब र ज्ञान विकास सामुदायिक पुस्तकालयको आयोजनामा आज यहाँ सांस्कृतिक पदयात्रा गरियो । ऐतिहासिक तथा धार्मिक सम्पदा र मौलिक परम्पराको संरक्षण गर्न तिनको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने र आन्तरिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष सुदीप न्यौपानेले जानकारी दिनुभयो । 

उहाँले पदयात्रामा संलग्न सहभागीसँग रु ३०० संकलन हुने र त्यसबाट सहभागीलाई खाना, नास्ता व्यवस्थापन गरिने जानकारी दिनुभयो । पनौती –४ स्थित पशुपति मन्दिर परिसरबाट शुरु भएको पदयात्रा गणेशस्थान मन्दिर परिसरमा समापन हुने छ । 

पदयात्राका क्रममा योमरी स्तम्भ, गुप्तेश्वर मन्दिर, पनौती लायकू दरबार, त्रिवेणीघाट, फड्केश्वर मन्दिर, द्रौपदी मन्दिर, विष्णु मन्दिर, शान्ति संग्रहालय, ज्ञान विकास सामुदायिक पुस्तकालय र पनौती संग्रहालयसमेत अवलोकन हुने बताइएको छ । 

पनौती शहरका विभिन्न स्थानबाट परम्परागत र लोपोन्मुख बाजागाजासहित शुरु हुने पदयात्राका सहभागीलाई खाजाका लागि योमरीको उद्गमस्थल मानिएको पनौतीमा योमरी र समयबजीको व्यवस्था गरिने आयोजकले जनाएको छ । कार्यक्रममा तस्वीर प्रदर्शनी र सांस्कृतिक झाँकीसमेत प्रस्तुत हुने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण