४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बालीमा लाग्ने सबै कीरा शत्रु हुँदैनन्

२१ माघ २०७४, आईतवार ०९:०३

माघ २१, नगरकोट | बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक नहुने सिकाउँदै चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको मेलमिलाप कृषक पाठशालाले १६ हप्तासम्म किसानलाई कसरी रोग कीराबाट बाली जोगाउने र व्यवस्थापन गर्ने भन्ने विषयमा आयोजना गरेको सो तालीममा किसानले जमिनमा सत्रु किराका साथै मित्रु किरा हुने र विषादीको प्रयोगले मित्रु किरा पनि नास हुने जानकारी पाए । 

किसानले सानो समस्यामा पनि विभिन्न किसिमका विषादी प्रयोग गर्दा स्वास्थ्यका साथसाथै पैसाको पनि नास हुने भएकाले अबका दिनमा यस्ता कीराबाट बाली जोगाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै तालीम केन्द्रित रहेको परियोजनाका संयोजक किशोर पराजुलीले जानकारी दिनुभयो । किसानलाई प्रत्यक्ष रुपमा खेतमा नै लगेर शत्रु जीव र मित्र जीवको विषयमा जानकारी दिलाउनुनै कार्यक्रमको मुख्य लक्ष्य भएको बताउँदै उहाँले अब किसानले कुनै पनि सानातिना रोग लाग्दा भयानक विषादी प्रयोग नगरुन् भन्ने हेतुले नै यो कार्यक्रम थालनी गरिएको चर्चा गर्नुभयो । 

तालीमका प्रशिक्षक गंगाबहादुर माकले एकीकृत शत्रुजीव व्यवस्थापन तालीममा कृषकलाई कसरी रोगकीरा आफैँ व्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाउनु नै मुख्य लक्ष्य भएको र यसका लागि खेत तयार गर्नेदेखि बीउ छनोट, सिँचाइ, मलखाद र व्यवस्थापनसम्मका विषयबारे जानकारी दिइएको बताउनुभयो । 

छत्तीस किसान संलग्न सो तालीम समापनमा चाँगुनारायण नगरपालिका–८ का अध्यक्ष परासर सापकोटाले शत्रु जीव र मित्र जीवका विषयमा किसानलाई सिकाउँदा बायो डाइभर्सिटी म्यानेजमेन्टमा पनि सघाउ पुग्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री