2026-09-16 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वप्रजिअ सहकारीमार्फत चिया खेतीमा रमाउँदै

माघ २३, भोजपुर । काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बन्नुभएको छ । 

सिडिओ भएर विभिन्न जिल्लामा काम गर्नुभएका र हाल अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको होम्तोकका गणेश राईले सहकारी संस्थामार्फत एक हजार रोपनी जग्गामा व्यावसायिक चिया खेती विस्तार गर्न थाल्नुभएको छ । 

काठमाडौँ महानगरमा प्रमुखको रुपमा समेत सेवा गरिसक्नुभएका पूर्वसहसचिव राईको आजभोलि अधिकांश समय चियाको बिरुवा विस्तार, हेरचाह, कर्मचारी व्यवस्थापनलगायतमा दिन बित्ने गरेको छ । निजामतीमा लामो समय खर्चिनुभएका राईले कृषि पेशालाई सम्मानजनक पेशाका रूपमा विकास गर्न चाहनुभएको छ । 

राईले कृषि सहकारी संस्थामार्फत रु दुई करोड स्थीर पूँजीसहित कूल रु तीन करोडको लगानीमा यो कार्यको शुरुवात गर्नुभएको हो । नेपाली युवा रोजगारीको खोजीमा दिन प्रतिदिन विदेश गइरहेका बेला नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने हिम्मतका साथ कृषिमा लागेको उहाँको भनाइ छ । 

खाद्यान्न बालीबाट भन्दा चिया खेतीबाट धेरै आम्दानी लिन सकिने राईले बताउनुभयो । थामडाँडा टेम्के कृषि सहकारी संस्था लिको हाल अध्यक्ष रहनुभएका राईले आफूसँगै १३ जनालाई रोजगारसमेत दिनुभएको छ । 

सहकारीका ओख्रे बगान, बतासे चिया नर्सरी, भन्ज्याङखर्क चिया बगान, भस्मेचौर चिया नर्सरी, चखेवा चिया बगान, कुइभिर चिया बगानलगायत १६ वटा बगानमा छ लाख चियाको बिरुवा विस्तार गरेको बताउँदै राईले भन्नुभयो अझै बिरुवा विस्तार गर्ने सोचमा छु । 

यो कृषि सहकारीलाई अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना तथा चिया खेतीको व्यावसायिकतामा जोड दिन उन्नति समावेशी वृद्धि कार्यक्रमले समेत आर्थिक सहयोग गरेको छ । राईले उन्नति कार्यक्रमसँगको सहकार्यमा चिया खेतीसम्बन्धी ७१ जना सदस्यलाई तालीमसमेत दिइसक्नुभएको छ । 

भोजपुरमा पछिल्लो समय उहाँको उदाहरणीय कार्यलाई देखेर धेरै युवा कृषि व्यवसायतिर आकर्षित हुन थालेका छन् । राई सहकारीका साथै नेपाली काँग्रेसको राजनीतिमा समेत आबद्ध रहँदै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल