२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी

१० फाल्गुन २०७४, बिहीबार १०:०७

फागुन १०, काठमाडौँ | उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवद्र्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट शुरु हुने भएको छ । 

उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गर्ने सो प्रदर्शनीमा ७५ वटा कक्ष रहनेछ । हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु राखिने हिमाली आयोजनाका प्रमुख डा विजयकान्त झाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

उहाँले उच्च पहाडी क्षेत्रमा उत्पादन भएका जडीबुटी, कृषिजन्य र पशुजन्यको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । तीन दिनसम्म चल्ने प्रदर्शनी संखुवासभा, दोलखा, रसुवा, मनाङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन हुने याकको चिज, छुर्पी, राडीपाखी, तरकारीको बीउ, तोरा जुस, रसुवाको कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली हर्बल चिया, सिलाजित, कर्णालीको सिमी, स्याउको चाना, ओखर, चिराइतोलगायत राखिने छ । 

प्रदर्शनीको शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ । करिब रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य