२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबारदेखि हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी

२०७४, १० फाल्गुन बिहीबार १०:०७

फागुन १०, काठमाडौँ | उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवद्र्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट शुरु हुने भएको छ । 

उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजना र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गर्ने सो प्रदर्शनीमा ७५ वटा कक्ष रहनेछ । हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु राखिने हिमाली आयोजनाका प्रमुख डा विजयकान्त झाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । 

उहाँले उच्च पहाडी क्षेत्रमा उत्पादन भएका जडीबुटी, कृषिजन्य र पशुजन्यको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । तीन दिनसम्म चल्ने प्रदर्शनी संखुवासभा, दोलखा, रसुवा, मनाङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन हुने याकको चिज, छुर्पी, राडीपाखी, तरकारीको बीउ, तोरा जुस, रसुवाको कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली हर्बल चिया, सिलाजित, कर्णालीको सिमी, स्याउको चाना, ओखर, चिराइतोलगायत राखिने छ । 

प्रदर्शनीको शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ । करिब रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस