२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा किसानलाई ४४ हजार स्याउका विरुवा वितरण

२०७४, २४ फाल्गुन बिहीबार १६:१८

फागुन २४, कालिकोट | कालीकोटका किसानलाई ४४ हजारस्याउका बिरुवा वितरण गरिएकोे छ । कालिकोट जिल्लालाई स्याउमा आत्मनिर्भर बनाउन व्यवसायिक स्याउ खेतीको बिस्तार गर्दै आएको जिल्ला कृषि बिकास कार्यालयले यस आर्थिक बर्षमा स्थानीय सरकारको कृषि कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा ४४ हजार स्याउका बिरुवा वितरण गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागबानी विकास अधिकृत भक्तिराम शर्माले जिल्लाको खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र शान्नित्रिवेणी गाउपालिका गरी ४ वटा स्थानीय तहमा मात्र ४४ हजार स्याउका बिरुवा तथा १२ हजार ओखरका बिरुवा र ५ सय किबिका बिरुवा वितरण गरिएको जानकारी दिए ।

खाँडाचक्र नगरपालिकाका कृषि शाखा प्रमूख समेत रहेका शर्माले कर्णालीमा व्यवसायिक स्याउ खेती विस्तारका लागि सरकारले स्याउ मिसन कार्यक्रम मार्फत एक स्याउको विरुवा हुर्काए वाफत निरन्तर तीन बर्षसम्म एक सयका दरले अनुदान दिँदै आएको कार्यक्रमको बजेट स्थानीय तहमा गएपनि त्यसबारे जानकारी नै नभएर साधारण रुपमा कृषकको मागका आधारमा बिरुवा वितरण गरिएको बताए ।


उनले कतिपय स्थानीय तहले कृषि कार्यक्रममा आएको बजेट नै अन्य विकासी योजनामा विनियोजन गरेर यस बर्ष कृषि कार्यक्रम नै नचलाएको बताए । जिल्लाको खाँडाचक्र नगरपालिकामा यस बर्ष ६ हजार स्याउ, ४ हजार ओखरका बिरुवा वितरण गरिएको छ । यस्तै रास्कोट नगरपालिकामा १६ हजार स्याउ र ३ हजार ओखरका बिरुवा वितरण गरिएको छ । शान्नित्रिवेणी गाउँपालिकामा ३ हजार ५ सय ५० स्याउ र ३ हजार ओखरका बिरुवा वितरण गरिएको छ । यस्तै जिल्लाको स्याउ पकेट क्षेत्रका रुपमा चिनिएको तिलागुफा नगरपालिकामा १८ हजार ४ सय ५० स्याउका बिरुवा, २ हजार ओखर र ५ सय किबीका बिरुवा वितरण गरिएको छ  ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटका प्रमुख सुनिलकुमार सिंहले विगत केही बर्षदेखी बिरुवा लगाउन चाहाने कृषकहरुबाट निवेदन माग गरेर किसानकै गाँउमा गएर खाल्डो हेर्दै बिरुवा वितरण गर्दा स्याउ खेतीमा कालिकोटले निकै फड्को मारेको बताए । तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकामा मात्र बार्षिक रुपमा ३ हजार टन स्याउ निर्यात हुँदै आएको उनले बताए । विगतका बर्षहरुमा कृषकको लालपुर्जामा भएको जग्गाको क्षेत्रफल अनुसार आवश्यक पर्ने बिरुवाहरु कृषकहरुलाई उपलब्ध गराईएकोले बगैचा व्यवस्थापनमा सहज भएको उनले बताए ।

जिल्ला कृषि विकास कार्यालय प्रमुख सिंहका अनुसार विगतका बर्षहरुमा जिल्लाका साविकका ८ गाविसहरुलाई स्याउ पकेट क्षेत्रका रुपमा बिस्तार गरेको थियो । जिल्लाका चिल्खाया, फोईमहादेव, राँचुली, पाँखा, दाहाँ, कालिका, सुकाटिया, स्यूना, सिपखाना र फुकोट गरी आठ वटा गाविसहरुमा व्यवसायिक स्याउ खेतीका लागि उच्च प्राथमिकतामा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला