२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

आलुको बीउ बेचेर वार्षिक ९ लाख आम्दानी गर्छन काभ्रेका एक कृषक

२०७४, १६ चैत्र शुक्रबार ०९:११

चैत १६, धुलिखेल | काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, उग्रचण्डी नालाका किरण श्रेष्ठले आलुको बीउ बेचेर वार्षिक रु नौ लाखको आम्दानी गरिरहेका छन् । 

विसं २०६६ बाट प्रगतिशील युवा कृषक समूह खोलेर आलुको बीउ उत्पादन गर्दै आउनुभएका श्रेष्ठले अहिले वार्षिक एक लाख १० हजारवटा आलुको बीउ बिक्री गर्दै आइरहनुभएको छ । 

शुरुमा सानो लगानीबाट बाँस र काठको ग्रिन हाउस बनाएर शुरु गर्नुभएको उहाँले अहिले एक रोपनी जग्गामा बीउ उत्पादन गरिएको बताउनुभयो । पहिला त सानो आकारमा मात्रै बीउ उत्पादन गर्दै आइरहेको थिएँ, अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाई (आलु) काभ्रेपलाञ्चोकको टिस्युकल्चर प्रयोगशाला स्थापना तथा सहयोग सञ्चालन कार्यक्रमअन्तर्गत सहयोगमा अनुदान पाएपछि व्यवसायीलाई थय विस्तार गरेको हुँ । श्रेष्ठले भन्नुभयो, “आफ्नै रु ४५ लाख र सुरपजोन (आलु)को रु ४५ लाख गरी कूल रु ९० लाख लगानीमा आलुको बीउ उत्पादन गरिहेको छु ।” 

आठवटा जातको आलुको बीउ उत्पादन गरी बिक्री गर्दै आउनुभएका श्रेष्ठले पहिला १०÷१२ वटा जिल्लामा बीउ बिक्री गर्दै आएकामा अहिले मागअनुसार जहाँसुकै पनि पु¥याउने तयारी गरिरहेको बताउनुभयो । वर्षमा दुई सिजन गरी उत्पादन गर्ने गरेको आलुको बीउ बेचेर रु चार लाख ५० हजार त नाफामात्रै कमाउने गरेको उहाँले बताउनुभयो । 

उहाँको समूहमा जनकदेव, कार्डिनर, डेजिरे, खुमल रातो, कुफ्रिज्योति, खुमललक्ष्मी, खुमल उज्ज्वल, खुमल सेता र एमएस–४२ लगायत जातका बीउ उत्पादन गरिरहेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाइ (आलु) अन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत दीपक पौडेलले गुणस्तरीय बीउको अभाव र जसमा पनि भाइरसका समस्याका कारणले गर्दा किसानसमक्ष भाइरसमुक्त गुणस्तरीय बीउ पु¥याउनका लागि यसरी सहयोग गरेको बताउनुभयो । 

“हामीले किसानसमक्ष गुणस्तरीय बीउ पु¥याउन सक्यो भने अहिले उत्पादन गरिरहेको भन्दा २० देखि ३० प्रतिशतसम्म उत्पादन बढाउन सकिन्छ ।” पौडेलले भन्नुभयो, “त्यसका लागि किसानले भाइरसमुक्त बीउ नै प्रयोग गर्न पाउनुपर्छ ।” त्यसका लागि टिस्यूकल्चर विधिबाट निकालिएको प्रिवेशिक सिड नै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्